Latest News

“भारतबाट यि ३२ देशलाई खतरा !”


९ जेठ, एजेन्सी ।

भारतले परमाणु क्षमता भएको पनडुब्बी तथा सुपर-सोनिक ब्यालेस्टिक मिसाइल परीक्षण गरेपछि पाकिस्तानी मिडियामा तिव्र प्रतिक्रिया देखिएको छ ।

पाकिस्तानको एक पत्रिका जङ्गले भारतीय पनडुब्बी तथा सुपर-सोनिक ब्यालेस्टिक मिसाइलका कारण दक्षिण एसियामा शक्ति सन्तुलन विग्रिने र यसले हिन्द महासागरीय तटमा रहेका ३२ देशलाई खतरा उत्पन्न भएको निष्कर्ष पाकिस्तानी सरकारले निकालेको उल्लेख गरेको छ ।

उक्त पत्रिकाका अनुसार पाकिस्तानी प्रधानमनमन्त्रीका विदेश मामिला सल्लाहकार सरताज अजीजले पाकिस्तानी सिनेटमा भारतका कारण मालदिब्स, श्रीलंका, बहराहिन, ईरान, इराक, क़ुवेत, ओमान, कतार, सऊदी अरब, यूएई, इजिप्ट, दक्षिणी अफ्रीका, अस्ट्रेलिया, इंडोनेशिया, मलेशिया, म्यांमार, सिंगापुर र थाईल्याण्ड जस्ता देशलाई खतरा उत्पन्न भएको बताएका छन् ।
Loading...