Latest News

राष्ट्रपति भण्डारीकाे भ्रमण रद्द भएपछि भारत आश्चर्यमा के–के लेखे भारतीय मिडियाले ?


काठमाडाै‌ । राष्ट्रपति विद्यादेवी भण्डारीको तय भइसकेको भ्रमण नेपालको तर्फबाट रोकिपिछ भारतले आश्चार्य प्रकट गरेको छ ।

भ्रमण रद्द भएको प्रति टिप्पणी गर्दै भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले लेखेको छ,- भ्रमण रद्द हुनु दिल्लीका लागि ‘सरप्राइज’ भएको छ। भारतले भण्डारी

भण्डारीको भ्रमणका बेला राष्ट्रपति प्रणव मुखर्जीसहित प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री सुष्मा स्वराजसँग भेटवार्ता हुने कार्यक्रम समेत तय भइसकेको थियो।

भ्रमणका क्रममा भण्डारीले ऋण सम्झौतामा हस्ताक्षर गर्ने, रेडियो नेपाल र अल इण्डिया रेडियोबीच सम्बन्ध विस्तार सम्बन्धि समझदारी तथा नेपालको विश्वविद्यालयमा भारतीय केन्द्र रहने भन्ने विषय पनि रहेको थियो।

परराष्ट्र सचिव शंकरदास बैरागीले भारतीय राजदूत रणजीत रायलाई फोन गरेर भ्रमण रद्द भएको जानकारी दिएको र त्यसअघि परराष्ट्र मन्त्री कमल थापा र प्रधानमन्त्री ओलीबीच छलफल भएको हिन्दुस्तान टाइम्सले लेखेको छ।



राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राजदूतसँग बिहीबार साँझ भेटवार्ता गर्दा आफ्नो भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने आशा व्यक्त गरेकी थिइन्।

यस्तै भारतीय समाचार एजेन्सी पिटिआईले भण्डारीको पहिलो भ्रमण रद्द भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको छ।

भारतीय समाचार संस्था एएनआई न्युजले भारतीय राष्ट्रपतिसँग २८ गते राष्ट्रपति भण्डारीले भेट गर्ने समय नै तय भइसकेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीको स्वकीय सचिव भेषराज अधिकारीलाइ उदृत गरी निर्धारित भ्रमण रद्द भएको लेखेको छ।

इकोनोमिक टाइम्सले पिटिआईको समाचारलाई आधार मान्दै पछिल्लो राजनीतिक अस्थिरता भ्रमण रद्द हुनुको कारणका रुपमा उल्लेख गरेको छ। खबर डबलीमा समाचार छ |को भ्रमणको सबै तयारी पुरा गरिसकेको थियो ।

Loading...