Latest News

आज पनि फेरी यसरी घट्यो सुनको मूल्य

बैशाख २८ । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । हिजो सोमबार प्रति तोला ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ६ सय रुपैयाँले घटेर ५५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। आज चांदी प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचांदी व्यवसायी संघले आज मंगलबार कारोबारमा प्रति १० ग्राम सुनको मूल्य ४७ हजार ९ सय २५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार ७ सय १० रुपैयाँ कायम गरेको छ। त्यस्तै चांदी प्रति १० ग्रामको ६ सय ६४ रुपैयाँ ५० पैसा कायम गरेको छ।
Loading...