Latest News

बेलायतबाट फर्कंदा नै बिरेन्द्रले भनेका थिए ‘म नै नेपालको अन्तिम राजा’ !!

गंगा बराल
काठमाडौँ ।  अध्ययन सकेर बेलायतबाट नेपाल फर्कंदा तत्कालीन युवराज विरेन्द्र विरविक्रम शाहले ‘म नेपालको अन्तिम राजा र पहिलो लिडर हुँ ’ भनेर अन्तरवार्ता दिएका थिए । जनतालाई प्रजातन्त्र दिनुपर्छ भन्ने सोचेका उनले त्यसपछि राजसंस्था कमजोर हुने अनुमान पनि लगाएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो भनिरहँदा धेरैले अचम्म मानेका थिए ।

२०४६ सालमा राजा विरेन्द्रले हामीमा नीहित भएको अधिकार बक्सेको भनेर जनतालाई प्रजातन्त्र दिएका थिए । त्यतिबेला जनतालाई अधिकार दिन्छु भन्नु पनि निकै चुनौती पनि थियो । प्रजातन्त्रको स्थापना गरिदिएपछि त्यसबेला नै राजा बिरेन्द्रमाथि गोली प्रहार भएको थियो तर उनी तर्केर बाँच्न सफल भए । बुबा महेन्द्र राजा भएका बेला नै बिरेन्द्रले नै नेपाल र नेपालीलाई केही दिनुपर्छ भन्ने योजना बनाएका थिए ।

झण्डै ३० वर्ष राजा भएका विरेन्द्रको दरवार हत्याकाण्डमा निधन भएपछि एकातिर राजसंस्था कमजोर भयो भनें त्यसपछि राजा भएका ज्ञानेन्द्र सर्बत्र आलोचित बन्न पुगे । सरकारको प्रमुखसमेत भएका उनले आन्दोलनको नाममा धेरै मानिसको हत्या गरेपछि उनीविरुद्ध खनिएको जनमतले उनलाई मात्र होइन राजसंस्था नै बढारेर लग्यो ।
वर्तमान अवस्थामा राजसंस्था फर्कन सक्छ भनेर केही व्यक्ति र समुदाय लागेपनि त्यति सहज नभएको तर्क गरिन्छ । सँगसँगै के पनि भनिन्छ भने ‘दलहरुको यस्तै गतिविधि बढ्दै गएभनें राजतन्त्र फर्कन असम्भव छैन, तर त्यो शासन दुई–तीन वर्षभन्दा बढी टिक्दैन’ एक राजनीतिक विश्लेषकले भने ‘ राजसंस्थाका पक्षमा लहर त चलेको छ तर दुर्भाग्य जनाधार छैन त्यसैले टिकाउ हुन सक्दैन ।’ २०६२/२०६३ सालको जनआन्दोलनपछि नेपालमा भएको संविधानसभाको निर्वाचनले गणतन्त्र स्थापना गरेको थियो ।

Loading...