Latest News

भ्रष्टचारी नेताहरुलाई पक्रिनु खोज्दा मलाई नै पदबाट हटाउन खोजे : कार्की


काठमाडौँ  ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्टचार गरेका राजनीतिक दलका नेताहरुलाई पक्रिनु खोज्दा आफुलाई नै नेताहरुले महाअभियोग लगाएर पदबाट हटाउन लागेको बताएका छन ।

कार्कीले विहिवार काठमांडौमा एउटा सार्वजनिक कार्यक्रम बोल्दै भने अख्तियारले केही समय पहिले विभिन्न राजनीतिक दलका नेताहरुलाई अकुत सम्पति आर्जनको अभियोगमा छानविनका लागि पत्र काटेको थियो। अख्तियारले पत्र काटेपछि  कतिपय नेताहरुले महाअभियोग लगाएर अख्तियार प्रमुख कार्कीलाई हटाउनुपर्ने बताएका थिए।

उनले नेताहरुमा आफूलाई शासक र जनतालाई कमारो ठान्ने प्रवृत्ति मौलाएका कारण नै कानून अनुसार अगाडि बढाइएको छानविनको विरोध भएको बताए। उनले अख्तियारको छानविन चित्त नबुझे राजनीतिमा सहभागी भएर अकुत सम्पति आर्जन गर्ने तथा लुट मच्चाउनेहरुलाई कसैले पनि केहि गर्न नपाउने गरी कानून बनाएर देखाउन नेताहरुलाई चुनौति समेत दिए।

अख्तियारका प्रमुख आयुक्त कार्कीले राजनीतिक परिवर्तनको नाममा सत्ता चलाउनेको अनुहार परिवर्तन गरेर मात्र मुलुकको विकास सम्भव नहुने बताए ।  उनले राजनीतिक संरक्षणमा भइरहेको लुटतन्त्र रोक्न सबै नेपाली एकजुट हुन आवश्यक रहेको बताए ।

Loading...