Latest News

मधेसवादी दलहरुले सिंहदरबार घेराऊ गर्दा बाबुरामको अनौठो विज्ञप्ति !


काठमाडौं, २ जेठ । नयाँ शक्ति नेपालले मधेसवादी दलको राजधानी केन्द्रीत आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।
आइतबार विहानैदेखि सिंहदरबार घेराऊ गरिरहेका मधेसवादी दलको आन्दोलनबारे आइतबार एक विज्ञप्ति जारी गर्दै नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई नयाँ शक्तिले सुरु देखि नै संविधान अपुरो रहेको भन्ने भनाई राख्दै आएको र मधेसी र आदिवासी जनजातिको मागमा ऐक्यवद्धता रहेको स्पष्ट पारेका छन् ।
बाबुरामको यस्तो विज्ञप्तिपछि स्वयं मधेसवादी दल नै चकित परेका छन् । उनीहरुले आन्दोलन गर्ने हामी जस पाउन बाबुरामले यस्तो नाटक रचेको आरोप समेत लगाएका छन् ।
बाबुरामले विज्ञप्तिमा आन्दोलनरत मधेसवादी दलका सबै माग पूरा गर्न सरकारसँग माग समेत गरेका छन् ।

Loading...