Latest News

चीनले निकाल्यो– प्रचण्ड परिवारभित्रै ‘रअ’ को एजेन्ट रहेको निष्कर्ष !!!

नेपालको उत्तरी सीमामा रहेको छिमेकी राष्ट्र चीनले एमाओवादी अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवारभित्रै ‘रअ’ को एजेन्ट रहेको निष्कर्ष निकालेको छ ।

रातारात ओली सरकार गिराउन सक्रिय रहेका एमाअ‍ेवादीभित्र रहेका नेताहरूलाई चीनले अहिले विशेष निगरानीमा राख्न थालेको बुझिएको छ । भारतीय एजेन्टहरू प्रचण्ड परिवारभित्रै रहेको कुरामा अब बेइजिङलाई कुनै दुविधा रहेको देखिँदैन ।

केही समय राष्ट्रवादको मुखुण्डो लगाएका प्रचण्डका गतिविधिबाट चीन अहिले नराम्ररी झस्किएको छ । नाकाबन्दी लगायत भारतले गरेको अन्यायका विरुद्ध साथ र समर्थन दिएको चीनले नेपालका राजनीतिलाई मसिनोगरी हेरिरहेको छ ।

नेपालमा परिवर्तनकारी शक्तित भनेर चिनिन थालेको माओवादीलाई प्रचण्डको पछिल्लो कदमले ध्वस्त बनाएको छ ।


गतसाता भारतीय डिजाइनमा सत्ता ढाल्न लागेका प्रचण्डबारे अहिले बेइजिङमा विभिन्न कोणबाट समीक्षा सुरु भएको आज प्रकाशित नयाँ प्रकाश साप्ताहिकमा उल्लेख छ । ।

उसो त क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ ले यसअघि नै प्रचण्ड ‘रअ’ को एजेन्ट रहेको खुलासा गरिसकेका थिए । भारतीय कुटनीतिज्ञ एसडी मुनिले एक लेख मार्फत पटक पटक एमाअ‍ेवादीक अध्यक्ष ‘रअ’ को एजेन्ट रहेको बताउँदै आएका पनि हुन् ।

सुधिर शर्माको प्रयोगशाला पुस्तकमाा पनि प्रचण्डको हर्कतबारे राम्ररी नै खोलुवा नदिएको होइन ।

स्रोतका अनुसार एमाओवादीका अध्यक्ष मात्रै नभएर उनका परिवारभित्रै भारतीय एजेन्ट रहेको बारे कुराकानी सुरु भएको छ ।

एमाअ‍ोवादीका नेता अमिक शेरचनले हालै बीबीसीलाई एक अन्तार्वार्ता दिंदै “एमाओवादीमा पनि ‘रअ’ का एजेन्ट रहेको कुरा स्पष्ट रूपमा बताएका थिए ।



चिनियाँ राजदुतावासले २ जनाको नाम किटान गरेर बेइजिङ भ्रमणको निम्तो पठाएको थियो । प्रचण्डको छोरो प्रकाश दाहाल र नेपालको सरकार ढाल्ल उद्यत रहेका तथा हालसालै भारतीय भ्रमणबाट फर्किएका एमाओवादीका महासचिव कृष्णबहादुर महराको नाम नै किटान गरेर निम्तो दिनुले यी २ जना चीनको विशेष निगारनीमा रहेको कुरा बुझ्न कुनै समस्या हुनुहुँदैन ।

आन्तरिक षड्यन्त्रको पोल खुल्ने भएपछि एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यी २ जनाको नाम काटेर अन्यलाई सहभागी गराएर चीनको भ्रमणमा पठाएका छन् ।

छिमेकी राष्ट्र चीनले एमाओवादी अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव कृष्णबहादुर महरा र प्रचण्ड पुत्र प्रकाश दाहाल माथि विशेष निगरानी गरेको छ ।

यसले नेपालको राजनीतिमाा विशेषतः एमाअ‍ोवादीमा ‘रअ’ को प्रवेश कसरी भइसकेको रहेछ भन्ने कुराको प्रमाणित गरिदिएको छ ।
janapati
Loading...