Latest News

नेपाल असफल राज्यकाे बलियाे उदाहरण: काेरिया जान लाम लागे ६० हजार युवा !!!


नेपाल कतिसम्म असफल राज्य हाे भन्ने उदाहरण यस वर्ष दक्षिण काेरिया जानका लागि ६० हजार ५ सय बढी युवाहरूले दिएकाे अावेदन हेरे प्रष्ट हुन्छ 
नेपाल कतिसम्म असफल राज्य हाे भन्ने उदाहरण हाम्रा युवाहरूलार्इ हेरे पुग्छ ।  त्याे पनि यस वर्ष दक्षिण काेरिया जानका लागि ६० हजार ५ सय बढी युवाहरूले दिएकाे अावेदन हेरे प्रष्ट हुन्छ ।

अघिल्लाे वर्ष जम्मा ५१ हजार युवाले अावेदन दिएका थिए । जुन वर्ष ८ हजार युवा काेरिया जान पाएका थिए ।

तर यसपालि जम्मा ३५ सयले मात्र काेरिया जान पाउनेछन् । झन्डै ६१ हजार युवाले यसपटक अावेदन दिएकाेमा जम्मा ३५ सय भनेकाे अघिल्लाे वर्षकाे तुलनामा निकै कम हाे । यसले युवाहरूकाे मनाेविज्ञानमा नकारात्मक असर पुर्याउने देखिन्छ ।

कोरियाले यो पटक ३१ सय नेपालीलाई लैजाने क्रममा  आगामी असार ४ र ५ गते सञ्चालन गर्नेछ ।

याे पटक काठमाडौंबाट मात्रै ३१ हजार भन्दा बढी युवाले आवेदन भरेका छन् । काठमाडौंपछि सबैभन्दा बढी आवेदन परेको  धरानबाट १० हजार ५ सय भन्दा बढीले आवेदन भरेका छन् ।

अहिले आवेदन रुजु गर्ने काम अन्तिम चरणमा पुगेको छ ।  साढे ६० हजारमा १ सयसम्म आवेदक थप हुन सक्ने इपीएस कोरिया शाखाले जनाएको छ ।

याे त दक्षिण काेरिया जानका लागि मात्र हाे । समग्र विदेश जानका लागि हजाराै युवा यसरी लाम लागेका हुन्छन् ।

प्रत्येक वर्ष नेपाली युवाहरू विदेशिने संख्या निकै वृद्धि भइरहेकाे छ । नेपालकाे पछिल्लाे जनसंख्यामा युवाहरूकाे १ कराेड १५ लाख युवा रहेकाे देखिन्छ । त्यसमध्ये ४० देखि ५० लाख युवा विदेशिन बाध्य भएका छन् ।

तर, नेपाल राज्य र सरकारले विदेशिएका युवाहरूकाे भविष्यकाे बारेमा कुनै भिजन र कार्यक्रम दिन नसक्दा नेपालमा युवाहरूकाे अवस्था निकै कहालीलाग्दाे छ ।

Loading...