Latest News

जब मुर्दाले भन्यो म जिउँदै छु...अनौठो घट्ना

मेरठ–जमिनमुनी गाडेको शव गुनगुनाएको तपाइलाई थाहा छ ? तर यस्तो हुँदोरहेछ। भारतको उत्तर प्रदेशको मेरठको एक गाउँमा जमिनमा गाडेको शव गुनगुनाएको विषयले अहिले चर्चा पाएको छ। सो विषय त्यतिबेला जिल्ला प्रशासनसम्म पुगेको छ। भारतीय संचारमाध्यमका अनुसार मेरठको जलालपुरमा गाउँमा केही समयअघि मृत्यु भएर जमिनमा गाडेको एक व्यक्तिको शव गुनगुनाउने गरेको छ। मृतकका बुवाले जिल्ला प्रशासनसमक्ष आफ्नो छोरो गाडेको चिहानलाई फेरि हेर्न निवेदन दिएका छन्।


जलालपुर गाउँका मानिसको खुशीयाली हराएको छ। किनभने गाउँमा विहान बेलुका आफ्नै अगाडि गाडेको व्यक्ति चिहानबाट गुनगुनाउँछ र मानिसलाई बोलाउनेसमेत गर्छ। भारतीय संचारमाध्यमका अनुसार दुई महिना अगाडि गाउँका एक व्यक्ति इरफानको मृत्य भएको थियो। मृत्युपछि इसफानलाई गाउँ नजिकै जमिनमा अन्त्येष्टि गरिएको थियो। तर केही दिनदेखि इसफानको अन्त्येष्टि गरिएको स्थानबाट इसफानको आवाज सुनिन थालेको छ। गाउलेका अनुसार इरफानले 'म जिउँदै छु मलाई बाहिर निकाल' भन्ने आवाज सुनिने गर्छ।

मृतक इसफानका भाइ दीन मुहम्मदले भने,'दाइको मृत्युपछि केही सयमसम्म त ठिकै थियो। तर एक विहान म दाइको अन्त्येष्टि गरेको ठाउँबाट हिँड्दै थिए, त्यही बेला चिहानबाट गुनगुनाएको आवाज सुनियो। सुरुमा त मलाई विश्वास भएन फेरि पनि त्यहाँ पुग्दा गुनगुनाएको आवाज रोकिएन।'

संचारमाध्यमका अनुसार इरफान इमान्दार, युवक र स्वस्थ थिए। उनलाई आफ्नो घरकालेमात्र होइन, पूरै गाउँका मानिसले इमान्दार भन्थे। एक दिन अचानक उनले रगत उल्टी गरे, उनी सिकिस्त विरामी भएर उनको २५ फरवरीमा मृत्यु भयो। गाउँलेले इरफानको मृत्यु सामान्य नभएको र उनको मृत्यु पछाडि कुनै रहस्य हुनसक्ने आशंका गरेका छन्।

दुई फिट जमिन मुनि माटोमा विलिन भएका ३२ वर्षीय इरफानलाई गायक बन्ने ठूलो इच्छा थियो। एक दिन अचानक उनको स्वास्थ्यमा समस्या आयो र उनको निधन भयो। रगत उल्टी गरेर मृत्यु भएका इरफानको मृत्यु गाउँलाई स्वभाविक लागेको कै थिएन। त्यसमा पनि उनको निधन भएको दुई महिनापछि उनको चिहानबाट गुनगुनाएको आवाज आउन थालेपछि त यतिबेला सो गाउँमा मानिसको निन्द्र गावय भएको छ।

Loading...