Latest News

दिल्लीका मुख्यमन्त्री केजरीवालले खाेले नरेन्द्र माेदीकाे यस्ताे पाेल जसका कारण माेदि भए राताे पिराे

एजेन्सी / भारतीय जनता पार्टी (भाजपा)ले सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीको स्नातक (बिए) र स्नातकोत्तर (एमए) का शैक्षिक प्रमाणपत्र सार्वजनिक गरेको छ ।

आमआद्मी पार्टीका अध्यक्ष एवं नयाँ दिल्लीका मुख्यमन्त्री समेत रहेका अरबिन्द केजरीवालले प्रधानमन्त्री मोदीको प्रमाणपत्र नक्कली भएको दाबी गर्दै आइरहेका छन् ।केजरीवालले दाबीसँगै भाजपाले मोदीका शैक्षिक प्रमाणपत्र सार्वजनिक गरेको हो ।

modi1मोदीले बिए नयाँदिल्ली तथा एमए गुजरात विश्वविद्यालयबाट पास गरेको भाजपाले जनाएको छ ।भाजपाले सोमबार पत्रकार सम्मेलनमा सार्वजनिक गरेको मोदीका शैक्षिक प्रमाणपत्रमा फरकफरक नाम उल्लेख छन् ।

मोदीले नयाँदिल्लीबाट बिए पास गरेको प्रमाणपत्रमा नरेन्द्रकुमार दामोदरदास मोदी लेखिएको छ । गुजरातबाट एमए पास गरेपछि प्राप्त प्रमाणपत्रमा नरेन्द्रदास मोदी राखिएको छ ।

प्रधानमन्त्री मोदीले सन् १९७७ मा बिए र १९७८ मा एमए परीक्षा उत्तीर्ण गरेका थिए । भाजपाका अध्यक्ष अमित शाहले मोदीका फरक नामलाई अन्यथा नलिन आग्रह गरेका छन् । आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

Loading...