Latest News

४९ राष्ट्रका प्रहरी अधिकारीहरुको कमाण्डिङ गर्दै रमेश खरेल

काठमाडौं, १७ जेठ । नेपालमा समय समयमा चर्चामा आईरहने प्रहरी अधिकृत हुन रमेश खरेल । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेलले अब नेपालमा मात्र हैन सुडानमा पुगेर पनि नेपाली र नेपाल प्रहरीको शाख जोगाउने भएका छन् ।

खरेल मंगलबार सुडान जाने भएका छन् । उनले त्यहाँ गएर ४९ वटा राष्ट्रका प्रहरी अधिकारीहरुको कमाण्डिङ गर्ने बताइएको छ ।

खरेललाई सुडानको डरफोर क्षेत्रस्थित जलिंगाईको सेक्टर कमाण्डरको जिम्मेवारीसहित पठाउन लागिएको छ । पी फोर अन्तर्गत एक वर्षसम्म कार्यरत रहनेछन् ।

-
Loading...