Latest News

कांग्रेसलाई धोका दिएको छैन, प्रधानमन्त्री बन्न तयार छु : प्रचण्ड


२८ वैशाख, महोत्तरी ।
एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमति भए आफू प्रधानमन्त्री बन्न तयार रहेको बताएका छन् । संविधान कार्यान्वयन, शान्तिप्रक्रिया टुंगो लगाउन, मधेसी जनताका मागलाई सम्बोधन र विकास निर्माणका काम अघि बढाउने सर्तमा कांग्रेस र एमालेको प्रस्ताव आए प्रधानमन्त्रीका लागि तयार रहेको बताए ।
‘हामी राष्ट्रिय सहमतिका लागि प्रयास गरिरहेका छौँ । मेरा लागि प्रधानमन्त्री मुख्य छँदै छैन । तर, यसबीचमा केही भ्रम पर्‍यो कि प्रचण्डले प्रधानमन्त्री खोज्यो ।3
नेपाली कांग्रेससँग कुरा गर्दागर्दै चटक्कै छाडेछ, कतै धोका भयो कि भन्ने कुरा पनि बाहिर आए, राजनीतिमा यस्तो अपन–डाउन र जिकज्याक हुँदो रहेछ,’ सोमबार महोत्तरीको बर्दिवासमा एमाओवादीनिकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलन उद्घाटनमा उनले भने ।
प्रचण्डले आफूले कांग्रेसलाई धोका नदिएको दाबी गरेका छन् । ‘मलाई शेरबहादुरजीले तपाईं प्रधानमन्त्री बन्ने भए मलाई केही आपत्ति छैन भन्नुभएको थियो ।
मलाई नेपाली कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गर्दा भो, अहिले म हुन्नँ भन्दा धोका दिएको हुन्छ र ?’ उनले भने, ‘मैले उहाँ (शेरबहादुर देउवा)लाई प्रधानमन्त्री हुनोस् भनेर पछि छाडेको भए पो धोका हुन्छ । बजेट ल्याउने वेला सरकार ढालेर राम्रो हुँदैन । सबैको सहमति हुने देखिएन भन्दा मैले कसरी धोका दिएको भन्न मिल्छ र ?’ नयाँ पत्रिका दैनिकमा खबर छ ।
Loading...