Loading...
प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीलाई कतिपयले गोलीसँग तुलना गर्ने गरेका छन् । चुनाव हार्दा र चुनाव जित्दा उत्तिकै कडा भाषा बोल्ने ओलीको बोली कहिलेकाँहि त साँच्चिकै गोली जस्तो लाग्छ ।
ओली सहभागी कार्यक्रममा जानेहरु भन्छन्, “ओलीको भाषण सुन्दा रिफ्रेस हुन्छ” । हुन पनि ओलीको भाषण टेलिभिजनमा हेर्नेहरु पनि हाँसेर गल्छन् ।
प्रधानमन्त्री बनेपछि ओलीको हसाउने पारो झनै बढेको छ । भारतसँग पंगा लिएर राष्ट्रवाद जोगाइरहेका ओलीले काठमाडौंमा चुच्चो मुख भएको रेल देखि हिन्द महासागरमा नेपाली झण्डा फहराउने सपना नेपालीहरुलाई सुनाएका छन् । एक पछि अर्को सपना बाँढेको भन्दै आलोचना भएपनि ओली भने रोकिएका छैनन् । ओलीको बोली झनै तिखारिँदै गएको छ । उनले प्रत्येक दिन नयाँ नयाँ सपना सुनाउँछन् ।
ओलीको बोलीलाई नङ्ग्याउने २ कार्टुनग्यास नपाएर र लोडसेडिङले आक्रान्त परेका नेपालीहरुलाई घर-घरमा ग्यासका पाइप पुर्याउने र लोडसेडिङ एक वर्षमै खतम पारिदिने उद्घोष गरेका ओलीले पछिल्लो समय पानी जहाज नेपाली झण्डा राखेर हिन्द महासागरमा कुँदाउने घोषणा गरेपछि उनीमाथि जोकको बाढी आएको छ ।
पूर्वराजा ज्ञानेन्द्रले पनि किन्न खाेजेका थिए पानीजहाज तर …
सामाजिक सञ्जाल ओलीको बोलीमाथि बनेका जोकले भरिएका छन् । यहाँ सामाजिक सञ्जालमा भाइरल बनेका केही जोक संकलन गरिएको छ ।
Loading...
Social Buttons