Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

काठमाडौँको राजधानी शंखमुलमा केएमसी स्कुलका २३ जना किशोरीलाई यसरी गोप्य अंगमा कुटाइ हेर्नुस भिडियो सहित


काठमाडौं, १६ जेठ । राजधानीको शंखमूलस्थित केएमसी स्कुलका २३ छात्रा होस्टेल वार्डेनको कुटाइबाट बिरामी परेका छन् । होस्टेलमा राखेका विद्यार्थी कक्षामा तीन मिनेट ढिला आएको निहुँमा वार्डेन वसन्त ज्ञवालीले पाइपले पिटेका थिए । 
कान्तिपुर दैनिकले समाचार छापेको छ । बुधबार पाइपले पिटेको नीलडाम शनिबारसम्म निको भएको छैन । एसएलसीको तयारी कक्षा भन्दै बिहान र बेलुका थप पढाइ सुरु गरेपछि विद्यार्थीलाई होस्टलमा राखिएको थियो । शिक्षकको पिटाइबाट १० कक्षाकी छात्रा ऐश्वर्या शर्मा, सिसम पोखरेल, अप्सना नेपाल र शुभकामना कुशवाह बिरामी परेका छन् । पिटाइबाट ज्वरो आएपछि विद्यालयले नजिकैको मेडिकलबाट एन्टिबायोटिक ल्याएर खुवाउँदा पनि जानकारी नगराएको अभिभावकको गुनासो छ ।
 विद्यालयमा आफ्ना छोरी सुरक्षित नभएको भन्दै पाँच विद्यार्थीलाई अभिभावकले शनिबार घर ल्याएका छन् । ‘कुटाइबाट अझै ज्वरो आइरहेको छ,’ अप्सनाकी आमाले भनिन्, ‘छोरीलाई कुटेको देखेर पीडाले हामी पनि चिन्तामा छौं ।’ कुटाइको पीडा सहन नसकेर अप्सना शुक्रबार बेहोस भएको उनकी साथीले बताइन् । छोरीको नीलडाम देखेपछि सहन नसकेर यसरी फिर्ता ल्याएका अभिभावकहरू बताउँछन् । 
बुधबार साढे ६ बजे होस्टेलको कक्षामा नपुगेको भन्दै होस्टेल वार्डेन ज्ञवालीले २३ छात्रालाई पिटेको विद्यार्थीहरूले बताए । ‘नियमित कक्षा सकाएर होस्टेल रुममा मोजा धुँदा तीन मिनेट ढिला पुगेका थियौं,’ एक विद्यार्थीले भनिन्, ‘किन ढिला आएको भन्दै पाइपले जथाभावी हान्नुभयो । रोयो भने थप हान्ने चेतावनी दिएपछि सहेर बस्यौं ।’ पाइपले हानेपछि बेन्चमा बस्न पनि नसकेको विद्यार्थी बताउँछन् । त्यस दिन राति १० बजेसम्म पीडा सहेरै कक्षामा बसेको पनि उनीहरूले बताए ।
 ‘कोठामा आएपछि एकले अर्कोको घाउ हेर्दै रोयौं,’ एक विद्यार्थीले भने, ‘सबैको नीलो डाम देख्यौं ।’ आफ्नो समस्या सुनाउनसमेत नभ्याई अन्धाधुन्ध कुटेको विद्यार्थीहरू बताउँछन् । कुटाइबाट बिरामी छात्रालाई विद्यालयले नजिकैको शुभकामना मेडिकलमा परीक्षण गराएर औषधि खुवाएको थियो । ‘एन्टिबायोटिक खुवाइरहेको रहेछ,’ एक अभिभावकले भने, ‘तर, हामीलाई खबर गरेनन् ।’ केही अभिभावकले आफ्नो छोरी बिरामी भएको शुक्रबार अपराह्न मात्रै थाहा पाए । आमालाई खुला ठाउँमा घाउ देखाउन नसकेपछि उनीहरूले शौचालयमा लगेर देखाएका थिए । 
घरमा आमाबुबाले ठूलो स्वरले बोल्दा पनि पिलपिल आँसु झार्ने बालिकालाई पाइपले हानेको जानकारी अभिभावकले तीन दिनपछि मात्रै थाहा पाए । ‘छोरीलाई कुटेको शुक्रबार राति मात्रै थाहा पाएँ । छोरीलाई किन पिट्यो भनेर रातभरि सुत्न सकिन,’ शुभकामनाकी आमाले भनिन्, ‘जाँघभन्दा माथि हिर्काएको रहेछ । अझै नील छ ।’ यातना थाहा पाएपछि विद्यालय पुगेका अभिभावकहरूले छोरीको अवस्था देखेर आक्रोश मात्रै पोखेनन्, पाइपको नीलडाम देखेर रोए । ‘गोरुलाई जस्तो कुट्ने गरी मेरो छोरीले के बिगारिन् ?’ विद्यालयका निर्देशक दुर्गाजंग कार्कीलाई प्रश्न गर्दै एक अभिभावकले भने, ‘अपराधीलाई त पिट्न पाइँदैन । छोरीलाई पिट्ने शिक्षकलाई कारबाही गरियोस् ।
 मेरो बच्चा यहाँ राख्नु छैन, घरमै लैजान्छु ।’ अर्का शिक्षक भीम धिमालले पनि बारम्बार यातना दिने गरेको विद्यार्थीहरूले बताएका छन् । बुधबार शिक्षक वसन्तले पिटेको कुरा अभिभावकलाई भनेको भन्दै धम्क्याएपछि उनीहरू झन् त्रासमा छन् । ‘शिक्षकको यातना कति दिन खपेर बस्ने ? अब त कहिले निस्केर जाउँजस्तो भएको छ,’ एक विद्यार्थीले भनिन् । केएमसीले १० कक्षामा भर्ना शुल्कबापत १० हजार लिएको थियो भने होस्टेलमा राख्न फेरि भर्ना शुल्क भन्दै १८ हजार लिएको अभिभावकले जनाएका छन् ।
यति धेरै पैसा तिरेपछि राम्रो शिक्षा देला भनेको, यातना पो दिँदो रहेछ,’ एक अभिभावकले भने । विद्यालयका निर्देशक दुर्गाजंग केसीले शिक्षकले गल्ती गरेको भन्दै अभिभावकसँग बारम्बार माफी मागिरहेका थिए । ‘हामीले नसोचेको गल्ती भयो,’ उनले भने, ‘अब यस्तो हुन दिँदैनौं । सुरक्षाको ग्यारेन्टी गर्छौं ।’
Loading...