Latest News

ज्ञानेन्द्र-मोदीबीच गोप्य भेट: सम्राटतन्त्र स्थापना गर्न चलखेल !!!

बैसाख २७ । नेपाली राजनीतिको पर्दा अगाडि सरकार गिराउने र टिकाउने खेल हुँदैछ तर पर्दा पछाडि अर्कै भयानक खेल भइरहेको छ । झलक्क हेर्दा असम्भव झैँ लाग्ने एउटा डरलाग्दो खेलले नेपाली राजनीतिमा टाउको उठाउन थालेको छ । सो खेलअनुसार नेपालमा राजतन्त्र पुनरस्थापित गर्ने होइन, सम्राटतन्त्र स्थापना गरिनेछ । हिजो राजा थिए, अब सम्राट हुनेछन् । सम्राटका रुपमा ज्ञानेन्द्र शाह र हृदयेन्द्र मध्ये को हुन्छन् थाहा छैन तर यहि वंशबाट नेपालमा ‘सम्राट’ स्थापित गर्ने ग्राण्ड डिजाइन बनिरहेको छ । यहि डिजाइन अनुसार २०७३ बैशाख १६ गते पूर्वराजा ज्ञानेन्द्र अचानक भारत गए । एक रात दिल्ली बसे । अनी ठूलो उत्साह र सपना बोकेर नेपाल फर्किए, साँघु साप्ताहिकमा खबर छ । पूर्व राजा ज्ञानेन्द्र दिल्ली गएकै हाराहारीमै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र एमाओवादीका शक्तिशाली नेता कृष्णबहादुर महरा पनि भारत गएका थिए । नेपालका जल्दाबल्दा र निर्णायक पार्टीका यी नेताहरुलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटेनन् तर पूर्वराजा ज्ञानेन्द्रसँग गोप्य रुपमा भेटे । ज्ञानेन्द्र शाहा निकटहरु बताउँछन् –पूर्वराजा अहिले अत्यन्त उत्साहित भएका छन् , राजाका रुपमा बिदा भएका थिए, अब सम्राटका रुपमा फर्कने बातावरण बन्दै छ । स्रोतहरु भन्छन् –भारतको यसपटकको भ्रपणपछि चाँहि ज्ञानेन्द्र शाह अत्यन्त आशावादी भएका छन् । सत्ता र सम्राटको खेल यता काठमाडौँको कोठाचोटामा सरकार परिवर्तनको खेल चलिरहँदा उता भारतमा चाहिं नेपालमा हिन्दू राष्ट्र र सम्राटको आगमनको खेल चलिरहेको थियो । ओली सरकार हटाउन भारतले चाल चलेको एमाले नेतृत्वले टिप्पणी गरीरहँदा सत्ताको खेलमा भारत पराजित भयो भनिँदैछ । तर, भारतका लागी, खासगरी नरेन्द्र मोदी नेतृत्वको भारत सरकारका लागि सत्ताको खेल प्राथमिकताको मुख्य विषय रहेन । विश्वस्त स्रोतका अनुसार, उसले राजतन्त्र होइन सम्राटतन्त्र स्थापना गर्ने, सम्राटतन्त्रको साथमा हिन्दू राज्य स्थापना गर्ने ब्यूह रचना गर्दैछ । हिन्दू सम्राट स्थापना गरेर प्रचार भारतमा समेत गरेर भारतको हिन्दूत्वलाई मनोवैज्ञानिक रुपमा समेत बलियो बनाउने प्रयास मोदीले गरिरहेका छन् । 
Loading...