Latest News

भारतको विग्रेको सम्बन्धबाट चीनले फाइदा लियो – भारतीय विश्लेषक !!

भारत र नेपालबीच सम्बन्धमा तिक्तता थपिँदै जाँदा भारतीय मिडीयामा भारतका छिमेकीसँग विग्रँदो सम्बन्धबाट पाकिस्तानले फाइदा लिइरहेको विश्लेषण भैरहेका छन् ।

भारतसँग नेपाल र पाकिस्तानसँगको नमिठो सम्बन्धको फाइदा चीनले उठाइरहेको मिडिया विश्लेषकहरुको भनाइ छ । दि सिटिजन भन्ने भारतको अनलाइन पत्रिकाले नेपालले आफ्ना राजदुत दीप कुमार उपाध्यायलाई भारतीय राजदुतसँग मिलेर ओली सरकार पल्टाउन खोजेको आरोपमा फिर्ता बोलाउनु सबैभन्दा संवेदनशील विषय भएको विश्लेषण सहितको आलेख प्रकाशित गरेको छ ।

उक्त अनलाइन पत्रिकामा सीमा मुस्ताफाले लेखेकी छिन्, “नेपाली राष्ट्रपतिको ५ दिने भारत भ्रमण रद्ध गराएर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय बास्केटमा रहेका अण्डा बेइजिङ स्थानान्तरण गर्न सफल भएका छन्” ।

भारतीय राजदुत निकाल्ने हल्लामा कमल थापाको जवाफ

सार्क सम्मेलन अघि नेपालमा आम सभालाई सम्बोधन गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाहानालाई बन्देज लगाइएपछि भारत कुटनीतिकरुपमा द्वन्द्धात्मक बाटोमा अघि बढेको उल्लेख गर्दै उनले दिल्लीले संविधानको विषय उठान गर्दै मधेशीलाई मुद्धा बनाएर नाकाबन्दी सम्म पुगेको लेखेकी छीन् ।

भारतीय मिडियाले लेख्योः नेपालको टप फाइभबाट भारत आउट


यस अघि चीनले नेपालसँगको सम्बन्धमा भारतलाई नेपालको राजनीतिक, सामाजिक, भौगलिक कारणले त्यति पछि पार्न नसकेपनि नाकबन्दीपछि भने चीन र नेपाल सम्बन्ध फाष्ट ट्याकमा प्रवेश गरेको उनको निष्कर्ष छ ।

रञ्जित रेलाई फिर्ता फठाउने हल्लाले भारतीय मिडियामा आतंक

चीनले नेपाल मात्र नभएर पाकिस्तानसँग पनि निकटता बढाउँदै भारतलाई पछाडी पारिरहेको उनले लेखेकी छिन् 
Loading...