Latest News

आउँदो ३ वर्षमा ३ सय मेगावाट र १० बर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने योजना

काठमाडौं, वैशाख २६ – सरकारले आगामी १० वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आइतबार पेश गरेको सरकारको नीति तथा कार्यक्रममा १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादान गर्ने लक्ष्य समेटिएको छ ।

१० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्नका लागि सरकारले सातवटै प्रदेशमा जलाशययुक्त आयोजना अगाडि बढाउने लक्ष्य राखेको छ ।

यस्तै बहुउद्देश्यीय जलविद्युत् आयोजना अगाडि बढाउने र नागरिकको लगानीमा जलविद्युत् आयोजना अगाडि बढाई विदेशमा काम गर्ने नेपालीलाई सहभागी गराउने लक्ष्यसमेत राखिएको छ ।



आउँदो ३ वर्षमा ३ सय मेगावाट र १० बर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने भन्दै सरकारले यसअघि नै उर्जा संकटकाल निवारण कार्ययोजना ल्याएको थियो । तर त्यो कार्ययोजना कार्यान्वयन भने हुन सकेको छैन ।

Loading...