Latest News

कापीको पानामा लेखेर राख्नुस् एक दिन राजतन्त्र फर्किएरै छोड्छ । –अनिल योगी

आफ्नो घर कस्लाई प्यारो लाग्दैन होला ! माओवादीले युद्ध चर्काएको थियो । राज्यका सुरक्षाकर्मीहरु पनि निकै आक्रामक देखिन्थे । दिनहु यो वा त्यो पक्षका नेपालीहरु मारिदै थिए । २०५६ सालको कुरा हो म मेरो गृह जिल्ला कालिकोट गएको थिए । मलाई माओवादी पत्रकार हो भनेर प्रहरी ले पक्राउ गरेको

थियो । म माओवादी थिएन केवल पत्रकार मात्र थिए ।

म पक्राउ परेका दिन म सँग कुरा गर्ने प्रहरीका उच्च अधिकारी प्रहरी नायव उपरिक्षक कैलाश कुमार क्षेत्रीलाई त्यही बेलुका माओवादीले कालीकोट कै कोटवाडाको दाहारेको भिरमा एम्बुसमा पारेर मारि दिएको बि.बि.सी बाट समाचार सुने ! गाउमा बस्न सकिने अवस्था थिएन भोली पल्ट बिहान मैले गाउँ छोड्नुको बिकल्प थिएन । मैले आफ्नो बस्ति त्यागेको त्यो पहिलो दिन थियो । नेपाली जनताको अनाहकमा हुने गरेको हत्याका कारण मलाई आज सम्म निकै प्रताडित बनायो र अहिले पनि बनाई रहेको छ । देश रहन्छ कि रहँदैन होला भन्ने चिन्ता थपियो ।

जातीय र धार्मिक लडाई हुने हो कि भन्ने मनमा डर पैदा भयो । नेवार सँग मितेरी लगाए,गुरुङ् सँग मित्रता कायम राखे,मुसलमान र हिन्दुहरुलाई एकै ठाउँमा राखेर आपसमा धर्मको बिवाद नगर्नु होला भनेर सम्झाए । सबैका मन र दिमाख छामे । एउटा अशल मान्छेको अभाव भयो भन्ने ष्किर्षमा पुगे । त्यो ठाउँ मैले पुत्री गर्न नसक्ने रहेछु । मलाई देश यति दुखी रहेको थियो कि कसैले तौलिन सकेन । यो बिषम प्रस्थितिमा राजा जनताकावीचमा निस्कनु भएको छ,मेरो मन हलुका भएको छ । शाहबंशले जोडेको र राष्ट्रिय एकता कायम राखेर बनाएको देश शाहबंशले नै समाल्दा मात्र समालिन सक्छ भन्ने मलाई भरोषा छ । राजाले सबै जाती समुदाय र बर्गका जनता सँग देशको रक्षा गर्न अनुरोध गर्न सकुन । आफ्नो कुनै कमी कमजोरी भएको थियो भने पनि जनताकावीचमा नै माफी मागुन र यो देशको रक्षा गरि दिउन ! गुरु गोरखनाथको फेरी पनि आर्शिवाद राजा माथि नै छ । राष्ट्र र जनताको काम असल नेता वा राजाले नै गर्ने हो । म योगी भएको हुनाले मेरो काम साधना र ध्यान गर्ने हो ।


बिवेक प्रयोग गरेर देशको रक्षागर्ने र निमुखा नेपाली जनतालाई काखी च्यापेर बचाउने राजाले मुल योजना बनाउन सकुन । राजाले त्यो सत्कर्म गर्न लाग्नु भएको हो भने र मलाई त्यो आभाष भयो भने म साधना र ध्यानमा लाग्नेछु ।
Loading...