Loading...
काठमाण्डु, ९ जेठ– सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले संविधान पुर्नलेखन र विगतमा गरिएको सम्झौता कार्यान्वयन गर्ने विषयमा ठोस राजनीतिक निर्णय नगरेसम्म बार्ता हुनै नसक्ने स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘बार्ता गर्ने भए सरकार ठोस राजनीतिक निर्णयसहित आउनु पर्छ । संविधानको पुर्नलेखन गर्ने र विगतका सहमति कार्यान्वयन गर्ने राजनीतिक प्रतिबद्धतासहित सरकार बार्तामा आउनु पर्छ । नभए बार्ता सम्भव छैन ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पछिल्लो पटक बार्ता भंग गरेको आरोप लगाउँदै भने,‘ पुर्नलेखनसहितका विषयहरु गर्न सकिदैन भनेपछि के कोलागि बार्ता गर्ने ? अहिले सरकारले देश र दुनियाँलाई झुक्याउन बार्ता गर्न खोजिरहेको छ ।’
यादवले अहिले पनि सरकारले आन्दोलनलाई दवाएर जाने सोचे र उखान टुक्का मात्रै गरिरहे आन्दोलन अर्कै रुप्मा जाने चेतावनी दिदै भने,‘नश्लवादी चिन्तनले जर्मनलाई दुई वटा बनायो, भारतलाई तीन टुक्रा बनायो । केपी शर्मा ओली एण्ड कम्पनीले नसोचे नचिताएको कुरा हुन्छ ।’
उनले जनताले नै संविधान नस्विकारेपछि कुन निकायले संविधान बनायो भन्ने कुराको अर्थ नहुने दावी गर्दै सरकारले अहिले नै नसोचे आन्दोलनले उग्र रुप लिदै जनआन्दोलन मार्फत अहिलेको संविधान नै बर्खास्त हुने चेतावनी दिए । उनले भने,‘ यो कुरा सोच्ने कि नसोच्ने बल सरकारकै कोर्टमा छ ।’
यादवले विगतमा मधेस आन्दोलनलाई राष्ट्रियता खण्डित गर्ने, साम्प्रदायिकता, जातिय, क्षेत्रीय लगायतका आरोप लगाउने गरिए पनि अहिले हिमाल, पहाड र मधेस मिलेर आन्दोलन गर्दा त्यो भ्रम चिरिएको दावी गर्दै आफूहरुको आन्दोलन धार्मिक, सास्कृतिक, जातीय सम्बन्ध मजबुद बताउने र भावनात्मक रुपमा राष्ट्रको एकता गर्न भएको बताए ।
उनले भने,‘ मधेसको सवाल अब मधेसको मात्रै होईन राष्ट्रीय सवाल हो । निश्चित समूहको सवाल मात्रै भन्ने हो भने त्यो समाधान हुँदैन, यो आन्दोलनले राष्ट्रिय सवाल हो भन्ने भावना विकसित गरेको छ ।
-

Social Buttons