Loading...
काठमाडौं, ६ जेठ । राष्ट्रपतिको भारत भ्रमण रद्द र दिल्लीबाट नेपाली राजदूत बोलाएर भारतलाई देखाईदिएपछि भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आईले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेको छ ।
बुधबार एक ट्वीट गर्दै भारतीय कांग्रेसले नेपालको प्रसंग जोड्दै सत्तारुढ दल भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको शासनको दुई वर्षलाई आलोचना गर्दै ‘२ साल, बुरा हाल’ भनेको छ । उसले आफ्नो ट्वीटमा एउटा फोटो राखेको जसमा छ प्रधानमन्त्री ओली छन् भने नेपालले राष्ट्रपतिको भारत भ्रमण रद्द गरेको र आफ्नो राजदूत फिर्ता बोलाएको प्रसंग उल्लेख छ ।
र तल लेखिएको छ ‘लेट्स किप आवर फ्रेन्डस् ।’ ट्वीटरमा फोटो मुनिपट्टी उसले लेखेको छ- ‘हाम्रो सबैभन्दा पुरानो र विश्वसनीय मित्र नेपालसँग हाम्रो सम्बन्ध पनि खराब भयो र उसको चीनसँग निकटता बढिरहेको छ ।’ उसले ट्वीटबाट नेपाल चीनतिर ढल्केकोमा चिन्ता जनाएको छ भने सम्बन्ध विगार्ने नरेन्द्र मोदीको आलोचना गरेको छ ।
-
Loading...
Social Buttons