Latest News

चीनले भारतीय सीमामा पीएलएको स्थलगत आर्मी खटाउँदा भारतमा छायो सन्नाटा

काठमाडौं, ३१ वैशाख । चीनले भारतसँग जोडिएका सीमामा सुरक्षाकर्मी तैनाथ गरेको छ । भारतविरुद्ध आक्रामण हुँदै बेइजिङले भारतसँग जोडिएका सीमाहरुमा सुरक्षाकर्मीको संख्या बढाएको हो ।

चीनले तिब्बत सैन्य कमाण्डलाई पीपल्स लिबरेशन आर्मी (पीएलए)को स्थलसेना अन्तर्गत समावेश गरेको छ । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्समा प्रकाशित समाचार अनुसार पीएलएमा तिब्बती सेना पनि मिसिएको छ । यी दुबै मिलेर बनेको सेनालाई सिमाक्षेत्रमा तैनाथ गरिएको हो ।


भारतीय पत्रिका नवभारत टाइम्समा प्रकाशित समाचार अनुसार चीतको यो निर्णयले भारतीयका लागि निकै चिन्ताको विषय बनेको छ । सेना परिचालका लागि केन्द्रीय सैन्य आयोगले जिम्मा लिएको छ । यसको अध्यक्षता राष्ट्रपति सी जिनपिङ रहने समाचारमा उल्लेख छ ।

सेनाले बेइजिङ, नान्जिङ, चेन्दू, जिनान, शेन्यांग, लांझोउ र ग्वांगझूमा बसेर भारतसँग सीमा जोडिएका अरुणाञ्चल, तिब्बतसँग जोडिएको भारतको पूर्वी सेक्टर, कश्मीर, पाकिस्तानको पश्चिमी सेक्टरमा गस्ती गर्दै आइरहेको छ ।

Loading...