Latest News

भाडाका आन्दोलनकारी नागढुंगा र नौबिसेमा, सिंहदरबारमा आन्दोलनकारी कम प्रहरी धेरै

२ जेठ, काठमाडौं- ६ महिना लामो मधेश आन्दोलनलाई अन्त्यमा दिल्लीले तुहाइदिएपछि चस्का लागेका मधेशी नेताहरुले सिंहदरबारमा गर्ने भनिएको आन्दोलनको पहिलो दिनमै अर्काे झड्का लागेको छ । ठूलो संख्यामा मधेशबाट उतारिएका भाडाका कार्यकर्ताहरुलाई सरकारले नागढुङ्गा प्रहरी चेकपोष्टबाट यता आउन नदिइ रोके पछि उस्ले गर्ने भनेको आन्दोलन प्रभावित बन्न पुगेको हो । यही कारण अहिले गठबन्धनको सिंहदरबार घेराऊ कार्यक्रम प्रभावित बन्न पुगेको छ ।
काठमाडौं छिर्ने मुख्य नाकामा कडाईका साथ प्रहरीले चेकिङ गरिरहेको छ ।गठबन्धनले सिंहदरबार घेराउ गर्ने भनेपछि नागढुंगामा प्रहरीले कडाईका साथ चेकिङ थालेपछि विभिन्न जिल्लाबाट आएका नेता र कार्यकर्ताहरु नागढुंगामा अलपत्र परेसँगै आन्दोलनको कार्यक्रम प्रभावित बन्न पुगेको हो ।  तराई मधेस लोकतान्त्रिक पार्टीका महासचिव जितेन्द्र सुनालले नागढुंगाबाट फोनमा भने, ‘हामी यहाँ अलपत्र परेका छौं, प्रहरीले छिर्न दिएको छैन् ।’

गठबन्धनमा आबद्ध दलहरुले सिंहदरबारका विभिन्न नाकाहरुमा जम्मा भएका छन् । १७ दल माइतीघरमा, १२ दल हनुमान थानमा रहेको गठबन्धनका नेताले एस काठमाडौंलाई जानकारी दिए । सम्भावित दुर्घटनालाई रोक्न प्रहरीको ठूलो उपस्थिति रहेको छ । करिब ३ हजारको संख्यामा प्रहरी परिचालन गरिएको बताइएको छ । सिंहदरवारमा रहेका गठबन्धनका कार्यकर्ताभन्दा प्रहरीको धेरै उपस्थिति देखिएको छ । यता मधेसी गठबन्धनले सिंहदरबार घेराउ गर्ने भने पनि सिंहदरबारका कर्मचारी ७ बजेदेखि नै अफिस आउन थालेका छन् ।

Loading...