Latest News

जनताले खेदेपछि संघीय गठबन्धन आन्दोलनका कार्यक्रम परिवर्तन, १७ गते सम्मका यस्ताछन विरोधका कार्यक्रम (विज्ञप्तिसहित)


काठमाडौं, ५ जेठ । संघीय गठबन्धन आन्दोलनको स्वरुप परिवर्तत गरेको छ । संयुक्त आन्दोलन मूल परिचालन समितिका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा बैठक बसी आन्दोलनको स्वरुप परिवर्तन गरेको हो ।

आन्दोलनलाई संविधान पुनर्लेखन गरी मधेशी, आदिवासी जनजाति, खस समुदाय, शिल्पी समुदाय (दलित), थारु, अल्पसंख्यक समुदाय, मुश्लिम, महिला, पिछडावर्ग, सीमान्तकृत समुदाय, लोपोन्मुख जात-जाति लगायत बहिष्करणमा पारिएका÷परेका समुदायहरुको मुद्दाहरुलाई सम्बोधन नगरुन्जेलसम्म निरन्तर रुपमा जारी राख्ने निर्णय गरिएको छ ।
आन्दोलनका थप कार्यक्रमहरुमा जुलूस, ¥याली र विरोध सभाहरु रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।


जारी विज्ञप्ति अनुसार आन्दोलनका कार्यक्रमहरुमा ६ गते मंगलबजार दरबार क्षेत्रमा ४ बजे लगनखेलबाट जुलूसका निकाल्ने,७ गते नयाँ बानेश्वरमा, ८ गते तीन बजे स्वयम्भू देखि सीतापाइला चोकसम्म जुलुस, ९ गते चार बजे चावहिल चोकबाट सुरु भएर जोरपाटीबाट फेरी गौशाला पुग्ने, १० गते कीर्तिपुर–नयाँ बजारमा जुलुस गर्ने ११ गते भक्तपुर–न्यातपोलमा जुलुस गर्ने, १२ गते बालाजु वाइपासमा जुलुस गर्ने लगायतका कार्यक्रम रहेको छ । अन्तिममा १७ गते पोखरा¥याली एवं विरोध सभा गर्ने बताइएको छ ।

-


Loading...