Latest News

नेपालमा ‘सम्राटतन्त्र’ स्थापनाका लागि यसरी हुँदैछ गोप्य गृहकार्य, खुल्दैछ पर्दा


काठमाडौं, २७ वैशाख । नेपाली राजनीतिको पर्दा अगाडि सरकार गिराउने र टिकाउने खेल हुँदैछ तर पर्दा पछाडि अर्कै भयानक खेल भइरहेको छ ।

झलक्क हेर्दा असम्भव झैँ लाग्ने एउटा डरलाग्दो खेलले नेपाली राजनीतिमा टाउको उठाउन थालेको साँघु साप्ताहिकले समाचार छापेको छ । सो खेलअनुसार नेपालमा राजतन्त्र पुनःस्थापित गर्ने होइन, सम्राटतन्त्र स्थापित गरिनेछ ।
Ex-King-Gyanendra-Shaha-650x389
हिजो राजा थिए, अब सम्राट हुनेछन् । सम्राटका रुपमा र हृदयन्द्रमध्ये को हुन्छन् थाहा छैन तर, यही वंशबाट नेपालमा सम्राट स्थापित गर्ने ग्राण्ड डिजाइन बनिरहेको छ । यही डिजाइनअनुसार २०७३ वैशाख १६ गते पूर्वराजा ज्ञानेन्द्र शाह अचानक भारत गए । दुई रात दिल्ली बसे । अनि ठूलो उत्साह र सपना बोकेर नेपाल फर्किए ।

पूर्व राजा ज्ञानेन्द्र शाह दिल्ली गएको हाराहारीमै नेपालबाट पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र एमाओवादीका शक्तिशाली नेता कृष्णबहादुर महरा पनि भारत गएका थिए ।

नेपालको जल्दाबल्दा र निर्णायक पार्टीका यी नेताहरूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटेनन् तर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भने गुप्त रुपमा भेटे ।

ज्ञानेन्द्र शाह निकटहरू बताउँछन्– पूर्वराजा अहिले अत्यन्तै उत्साही भएका छन्, राजाका रुपमा विवाद भएका थिए, अब सम्राटका रुपमा फर्किने बातावरण बन्दैछ । स्रोतहरू भन्छन्– भारतको यसपटकको भ्रमणपछि चाहिँ ज्ञानेन्द्र शाह अत्यन्तै आशावादी छन् ।

यता, काठमाडौंका कोठाचोटामा सत्ता परिवर्तनको खेल चलिरहँदा उता भारतमा चाहिँ नेपालमा हिन्दू राष्ट्र र सम्राटको आगमनको खेल चलिरहेको थियो । केपी ओली सरकार सरकार हटाउन भारतले चाल चलेको एमाले नेतृत्वले टिप्पणी गरिरहँदा सत्ताको खेलमा भारत पराजित भयो भनिदैछ ।

तर, भारतका लागि खासगरी नरेन्द्र मोदी नेतृत्वको भारत सरकारका लागि सत्ताको खेल प्राथमिकताको मुख्य विषय रहनेछ । विश्वस्त स्रोतका अनुसार उसले राजतन्त्र होइन सम्राटतन्त्र स्थापित गर्ने, सम्राटतन्त्रको साथमा हिन्दुूू राज्य बनाउने ब्यूह रचना गर्दैछ ।

हिन्दू सम्राट स्थापित गरिएको प्रचार भारतमा समेत गरेर भारतमा हिन्दूत्वलाई मनोवैज्ञानिक रुपमा समेत बलियो बनाउने प्रयास मोदीले गरिरहेका छन् ।

पूर्व महाराजा ज्ञानेन्द्र शाह निकट स्रोतले भन्यो– राजनीतिक रुपमा भुटानी अनुहारको नेपालको सम्राट बनाने तर मनोवैज्ञानिक, सांस्कृतिक, सामाजिक र धार्मिक रुपमा भारतको समेत हन्दिू सम्राटका रुपमा शाहवंश उदाउन लागेको छ । उनको यो भनाइ निकै अर्थपूर्ण र दूरगामी प्रकृतिको छ

Loading...