Latest News

बंगलादेशमा हिन्दू दर्जीलाइ आफ्नै पसल बाहिर बसेको अवस्थामा काटेर हत्या गरे


काठमाडौं: पूर्वी बंगलादेशको एक जिल्लामा एक हिन्दू दर्जीको काटेर हत्या गरिएको छ । मारिएका ब्यक्तिको नाम निखिल जोर्दर हो र उनी उनको उमेर करिब ५० वर्ष आसपास रहेको छ ।शनिवार दिउँसोको समयमा जब उनी आफ्नो दोकान बाहिर बसिरहेका थिए तब उनीमाथि धारिलो हतियारले हमला गरिएको थियो ।

हमलामा कति मानिस संलग्न थिए र घटना किन गराइयो भन्ने खुल्न सकेको छैन । पुलिसका अनुसार मारिएकाए टेलरलाई सन् २०१२ मा इस्लामविरुद्ध आपत्तिजनक कुरा गरेपछि हिरासतमा लिएर छाडिएको थियो । बंगलादेशमा केही महिनायता यस किसिमका कयौं हत्याका घटना भइसकेका छन् । यी घटनाको जिम्मेवारी इस्लामी चरमपन्थीहरुले लिइरहेका छन् । यसै महिना राजधानी ढाकामा समलैङ्गिकको पत्रिकाका एक वरिष्ठ सम्पादक जुलहास मन्नानको पनि धारिलो हातियारले काटेर हत्या गरिएको थियो । त्यसको दुई दिनअघि मात्रै राजशाही विश्वविद्यालयका प्राध्यापकको पनि हत्या गरिएको थियो । अन्नपूर्ण पोस्टमा खबर छ |

Loading...