Latest News

बुढेसकालमा फेरि विहे गर्दै एमाओवादी अध्यक्ष प्रचण्ड ! को हुन दुलही ?

काठमाडौं, १९ वैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जीवनमा एकपटक फेरि विहे गर्ने भएका छन् ।



शनिबार विहान आफ्नै निवास लाजिम्पाटबाट रेडियो कान्तिपुरको कार्यक्रम ‘घुम्ने मेच’को प्रत्यक्ष प्रसारणमा बोल्दै अध्यक्ष प्रचण्डले आफूले जीवनमा एकपटक फेरि विहे गर्न लागेको खुलासा गरेका हुन् ।

फरक र रमाइलो विषयमा वार्ता गर्ने आवाजको दुनियाँको साथी दिनेश डिसीको यो कार्यक्रम ‘घुम्ने मेच’मा जिन्सको कमिजको पहिरनमा देखिएका प्रचण्डले पत्नी सीता दाहाल सबैभन्दा नजिकको साथी भएको र विवाहको ५० वर्ष भएकाले एक पटक पुनः विवाह गर्ने रिती भएकाले विहेको तयारी भइरहेको बताए ।

Dinesh-Dc-768x431
कान्तिपुर एफएमको कार्यक्रम ‘घुम्ने मेच’का दिनेश डिसीसँग प्रचण्ड ।

उनका अनुसार पत्नी सीतासँगै प्रचण्डले जीवनमा फेरि एकपटक विहे गर्न लागेका हुन् । विहे भएको ५० वर्षपछि सीता फेरि दुलही बन्नेछिन् । प्रचण्डको परिवारमा यो परम्परा पहिलेदेखि चल्दै आएको छ ।

कार्यक्रममा क्रममा उनले यस्तो परम्पराले आफूलाई अलमलमा पारेको समेत बताए । ‘हाम्रोमा विहेको ५० वर्ष पुगेपछि फेरि विहे गर्ने चलन छ । के गर्ने के नगर्ने अलमलमा परियो,’ ठट्टा गर्दै प्रचण्डले भने- ‘परिवारको खुसीका लागि गर्नैपर्छ ।’  दैनिकनेपालामा समाचार छ |

Loading...