Latest News

GO FUND ME मार्फत धुर्मुस सुन्तलीले एकिकृत नमुना बस्ती निर्मार्थ सहयाेग मागे !!!!

काठमाडाैं /  हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले सुरु गरेको गिरान्चौर एकिकृत नमुना बस्ती निर्मार्थ सहयाेग मागेका छन् । विदेशमा रहेर धुर्मुस सुन्तलीको यो अभियानलाई गो फण्डमी मार्फत सहयाेग मागिइकाे हाे । देश निर्माण हामी सबैको अभियान नारासहित सुरु भएको सिन्धुपाल्चोक गिरान्चौर एकिकृत नमुना बस्ती निर्माणका लागि सहयोग गर्न चाहानेहरुलाई सजीलो बनाउन र नयाँ प्रविधिको उपयोग गरिएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।
धुर्मुस सुन्तलीले बस्ती निर्माण अभियानमा सघाउन https://www.gofundme.com/274vdtqc मा क्लीक  गरी गर्न सकिनेछ । विशेषत बिदेशी मुलुकमा भएका नेपाल प्रेमी दाजुभाई तथा दिदीबहिनीहरुको सजीलोको लागि यो व्यवस्था गरिएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।

Loading...