Latest News

नरेन्द्र मोदीको पढाइ कति ? सार्वजनिक भयो कागजात !!

१९ बैशाख, एजेन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कति पढेका छन् र उनको शैक्षिक योग्यता के भन्ने विषयमा जारी बहस टुङ्गिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले सूचना आयुक्तसँग मोदीको योग्यताबारे जानकारी मागेपछि उनको शैक्षिक योग्यताको विवरण सार्वजनिक भएको हो ।


एक भारतीय अखबारका अनुसार मोदी पढाइमा राम्रा विद्यार्थी थिए र उनले राजनीति शास्त्रमा मास्टर्स डिग्री गरेका छन् । उनले एमएमा ६२ दशमलव ३ प्रतिशत अंक हासिल गरेको समेत खुलासा भएको छ ।
BIG News नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदै
मोदीले फर्ष्ट डिभिजनमा राजनीति शास्त्रको डिग्री गरेका थिए । भारतको केन्द्रीय सूचना आयोग (सीआईसी)ले शुक्रबार दिल्ली युनिभर्सिटी र गुजरात युनिभर्सिटीलाई प्रधानमन्त्रीको शैक्षिक डिग्रीबारे जानकारी दिन आदेश दिएको थियो ।

उक्त अखबारमा अनुसार मोदीले सन् १९८३ मा राजनीति शास्त्रमा स्नातकोत्तर गरेका थिए ।



Loading...