Latest News

अमेरिकाविरुद्ध चीनले उठायो अर्काे कदम, हङकङ पोर्टमा रोक्यो युद्धपोत

काठमाडौं,  वैशाख । चीनले अमेरिकी विमान-वाहक पोत (एयरक्राफ्ट क्यारियर युएसएस स्टेनिस)लाई हङकङ पोर्टमै रोकिदिएको छ ।
यो खबरको पुष्टि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता कमाण्डर बिल अर्बनले गरेका छन् । उनका अनुसार चीनले अमेरिकी आग्रहलाई खारेज गर्दै अमेरिकी विमानलाई पोर्टमा रोकेको हो ।Capture
यो विमान परमाणु हतियारले भरिएको थियो । यसलाई हङकङको पोर्टमा चीनले किन रोक्यो भन्ने कारण खुल्न सकेको छैन् । हङकङको स्पेशल सिक्योरिटी ब्यूरोले यो मामिलामा प्रतिक्रिया दिन मानेका छैनन् । उसले माथिको आदेश मात्रै भनेको छ ।
यसअघि अमेरिकी रक्षामन्त्री ऐश कार्टरले दक्षिण चिनियाँ सागरमा युद्धक विमानबाटै यात्रा गरेका थिए । यो यात्राको ठिक दुई हप्तापछि चीनले हङकङ पोर्टमा अमेरिकी युद्ध वाहक विमान पोतलाई रोकेको हो । दक्षिणी चीन सागरलाई लिएर अमेरिका र चीनबीच विवाद कायमै छ । यो इलाकामा चीन मानव निर्मित द्वीप बनाउँदैछ र यो कदमलाई अमेरिकाले सेना परिचालन गरेर हेरिरहेको छ ।
समाचार अनुसार चीनले यसअघि पनि बेला बेला अमेरिकी युद्धपोत विमानहरु रोक्दै आएको थियो । आज रोकिएको विमानबारे चीनले कुनै प्रतिक्रिया जनाएको छैन् । दैनिक नेपालमा खबर छ | 
Loading...