Loading...
काठमाडौ, १३ वैशाख । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले वर्तमान संविधानमा ७० बर्षदेखिको सपना गाँसिएको उल्लेख गर्दै यो संविधान खोरेज पनि नहुने र पुनर्लेखन पनि नहुने धारणा सार्वजनिक गरेका छन् ।
पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको १७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छदारले भने, ‘संविधानको कुन धारामा संशोधन गर्ने हो त्यो मात्र सम्भव छ । मधेसमा विभेद पीडा कायम रहे पनि देश भन्दा ठूलो केही हुँदैन ।’
‘संघर्षबाट देशलाई खबौस् क्षति भएको छ । मधेसमा नेताका छोराछोरी होइन जनताका छोराछोरी मरेका छन्,’ उनले भने, ‘मधेसमा पीडा र विभेद छ तर मेरो लागि मधेस भन्दा ठूलो देश हो, देशलाई सर्बोपरि मानेर मैले संविधान बनाउन योगदान गरेको छु ।’ व्यक्तिगत र पार्टीले समेत ठूलो जोखिम मोलेर १६ बुँदे सहमति मार्फत् संविधान दिलाउने काममा आफू लागेको उनको भनाई छ ।
Loading...
Social Buttons