Latest News

सर्बेन्द्र खनालले गरे फेरी अर्को नेपालीको मन जित्ने काम, दलालीलाइ पक्रेर मलेसिया बाट युवती लाइ सकुसल उद्दार गरे

काठमाडौं, १३ बैशाख । वैदेशिक रोजगारीका लागि मलेसिया गएकी आफ्नी श्रीमती सम्पर्कविहिन भएपछि रसुवा कालिकास्थानका टंक प्रसाद देवकोटा सहयोग माग्दै २ साताअघि महानगरीय अपराध महाशाखा टेकुमा आइपुगे । एसएसपी सर्वेन्द्र खनाललाई सम्पूर्ण घटनाक्रमबारे जानकारी गराए ।Capture

खनालले ती पुरुषलाई नआत्तिन आग्रह गर्दै छिटो भन्दा छिटो मलेसियामा सम्पर्क गरेर सबै जानकारी लिने बताए । प्रहरीले ती टंक प्रसादले भनेको जस्तै सबै जानकारी लेखेर मलेसियास्थित नेपाली दूतावासमा जानकारी गरायो । उनलाई विदेश पठाउने एजेन्टलाई प्रहरीले पक्राउ गर्यो ।


एजेन्टले आफूले विदेश पठाएको म्यानपावर प्रहरीलाई देखायो । एजेन्ट र म्यानपावर संचालकलाई नियन्त्रणमा लियो । प्रहरीले एशोदा विदेश पठाएर ठग्ने म्यानपावर कम्पनी र एजेन्टको नाम भने गोप्य राखेको छ । नेपाली दूतावास र अन्य संघसंस्थाको सहयोगमा गत शनिबार ती महिलालाई उद्धार गरेर काठमाडौं ल्याउन अपराध महाशाखा सफल भएको एसपी सहकुल थापाले जानकारी दिए ।

गत साउन ४ गते एजेन्टलाई ९० हजार बुझाएर मलेसिया उडेकी ३० वर्षीया एशोदा देवकोटालाई प्रहरीले उद्धार गरी काठमाडौं ल्याएको हो । हाउस मेडमा मलेसिया गएकी उनी ३ महिनादेखि सम्पर्कविहिन भएकी थिइन । मलेसियामा हाउड मेड खुल्ला छैन। इलेक्ट्रोनिक्स कम्पनीमा मात्र महिलालाइ जान खुल्ला गरिएको छ । प्राय श्रीमानलाई दिनहुँ जसो फोन गर्ने उनी एकाएक हराएपछि उनका श्रीमान श्रीमतीको जीवन रक्षाको माग गर्दै प्रहरी गुर्हान पुगेका थिए ।

कम्पनीका मालिकले ३ महिनाअघि देखि आफूलाई मोबाइल फोन बोक्न नदिएको र कम्पनीबाहिर जान नदिएका कारण श्रीमानलाई फोन गर्न नपाएको ती युवतीले बताईन । उनले ९ महिनादेखिकै तलव पनि आफूले नपाएको गुनासो गरिन् ।

गत मंसिरमा पनि अपराध महाशाखाले कुवेतबाट एक महिलालाई उद्धार गरेको थियो । हाउस मेडमा काम गर्न कुवेत पुगेकी उदयपुरकी लिलामाया पौडेल अस्वस्थ्थ भएपछि स्वदेश फर्कन चाहेकी थिइन । तर घर मालिकले आउन नदिएपछि फेसबुकमा भेटेको प्रहरीको नम्बरमा फोन गरेर नेपाल आउन सफल भएकी थिइन।

अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले वैदेशिक रोजगारीका क्रममा विदेशमा पुगेका अधिकांश महिलाहरुको अवस्था नाजुक भएको बताए । कम्पनी वा घर मालिकबाट दुब्र्यवहार झेल्न उनीहरु बाध्य हुने गरेको प्रहरीमा परेको उजुरीबाट नै थाहा हुने बताए ।

सरकारले तोकेको भन्दा बढी रकम बुझाएर विदेश जाने, टुरिष्ट भिसामा गएर उतै लुक्नेजस्ता समस्या देखिएको उनले बताए । विदेश पुगेर अलपत्र परेका युवायुवतीलाई महाशाखाको हटलाइन ११७७ मा फोन गरेर जानकारी दिन उनले आग्रह गरे । सेतोपाटीबाट

Loading...