Loading...
बझाङ, १३ वैशाख । ९ गते उपचार गराउन भन्दै घरबाट निस्केका आमा छोरी मृत अवस्थामा प्रहरीले फेला परेका छन् । रायल गाविस वडा नम्बर ९ की २४ वर्षीय देवी खाती र उनकी ४ बर्षीया छोरी ईन्द्रा खाती रायल गाविस ३ स्थित सेती नदीको किनारमा मृत फेला परेका छन् ।
प्रहरीले बेपत्ता भएकी छोरीलाई १२ गते दिउसो र आमालाई १३ गते दिउसो मृत अवस्थामा फेला पारेको जानकारी दिएको छ । मृतककी सासु हासुदेवी खाती र ससुरा रामबहादुर खातीलाई प्रहरीले अनुसन्धानको लागी नियन्त्रणमा लिएको छ ।
देउरा प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक दुर्लभ सिंह सांकीले चार दिनसम्म प्रहरीलाई परिवारले खवर नगरेकोले घटना रहस्यमय हुन सक्ने बताए । मृतकका श्रीमान ईश्वर खातीले सवारी चालक हुन् ।
Loading...
Social Buttons