Latest News

९ बर्षीया बालिकाले चार जनाको ज्यान बचाइन् !!!

काठमाडौँ, ८ बैशाख । गाँउमा आगोलागेपछी मधुकुमारी बयलकोटकी ९ बर्षिया गीताले ४ जनाको ज्यान बचाउन सफल भएकी छन् । ९ बर्षिया बालिकाले डेढ वर्षको बालक च्यापेर अन्य चार जना बाबालिकाको ज्यान बचाउनु चानेचुने कुरा पक्कै पनि होईन त्यो पनि तीन घण्टाको घनघोर जंगलको बाटो पार गरेर सुरक्षीत स्थानसम्म पुगीन । 

मानिस उमेरले मात्र ठुलो हुदैन भन्ने नेपाली कथनलाई उनिले ९ बर्षको उमेरमै चरितार्थ गरिदिईन । उनले जंगलको बाटो हुदै डेढ वर्षीय काखे भाई शान्तलाई च्यापेर भवनेश्वरीको ग्वाल्टारसम्म सकुशल लगिन् । उनका बहिनीहरु नविता, प्रमिला र अन्य गाउँकै दुई जना बालबालिकालाई जंगलको बाटो हिँडाएर सुरक्षित स्थान ग्वाल्टारमा लगेकी थिइन् । 

'काममा गएका थियौं, आगो सल्किएपछि आउँदा घर बलिरहेको थियो, भित्र पस्ने अवस्था थिएन, सबै केटाकेटी परे भनेर आश मारेका थियौं, त्यत्रो डढेलो लागेको जंगल पार गराएर सबैलाई सकुशल गीताले राखिछ,' आमा मधुकुमारीले भनिन् । केटाकेटी कोही रहेनन् भनेर रुवाबासी चलेको थियो, पछि ग्वाल्टारमा फोन गरेपछि सबै फेला परे । गीताले सबै सकुशल त राखिन् तर उनमा मनोत्रासाले घर गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
Loading...