Latest News

विद्यालयबाट फर्किदै गरेकी ८ वर्षिय वालिकाको बलात्कारपछि विभत्स हत्या !!!

रुपन्देही  वैसाख - पाल्पाको तानसेन नगरपालिका, ११ प्रभास नजिकै होलाङ्दी खोलामा विद्यालयबाट फर्किदै गरेकी एक वालिकाको बलात्कारपछि हत्या भएको छ । स्कुलबाट फर्कदै गरेकी तानसेन नगरपालिका, ११ लामडाँडा प्रभासकी आठ वर्षिय बालिका वर्षा दर्लामीको बलात्कारपछि आफन्तले बताएका छन् । तानसेन नगरपालिका, १४ सुन्दरगाउँको सरस्वती माविमा कक्षा, ३ मा अध्ययन गर्ने दर्लामीको बलात्कारपछि हत्या भएको प्रहरीले पुष्टि नगरेपनि आफन्तले भने पुष्टि गरेका छन् । तानसेन नगरपालिका, ११ लामडाँडास्थित घरमा आफनै भाई अनिलसँग विद्यालयबाट फर्कने क्रममा दर्लामी प्रभास चौकी नजिकैबाट अपहरणमा परेकी हुन् । अपहरणपछि सिद्दार्थ राजमार्ग र तेल्घातर्फ जाने सडकको नजिकै होलाङ्दी खोलाको झाङ्मा लगेर बलात्कारपछि बालिकाको हत्या भएको स्थानीयले बताएका हुन् । मृतकका भाइ पाँच वर्षका कक्षा, १ मा अध्ययन गर्ने अनिलले दिदी वर्षालाई एकजना युवाले समातेर लागेको भनेर घरपरिवारमा खबर गरेपछि प्रहरी र स्थानीयले खोजीकार्य गरेका थिए । खोजबिन गर्दा केही घन्टापछि भेटिएको बालिकाको शवमा कुनैपनि कपडा नभएको र यौन अंगबाट समेत रगत बगिरहेको अवस्थामा शव फेला परेको मृतकका आफन्त रामबहादुर दर्लामीले बताए । उनी रगताम्मे भएकी थिइन् । घाँटीमा रहेको टाइ भने बाँकी थियो । प्रहरीले अनुसन्धानकालािग न्यौपानेसहित पाच जना युवालाई पक्राउ गरेका छ । न्यौपाने राजमार्गको बाँसटारी र प्रभास बिच भागमा बस्ने गर्छन् । प्रहरी निरीक्षक रमेश भेटवालले घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको र विस्तृत जानकारी बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइने बताए । पोष्टमार्टमपछि जिल्ला सरकारी अस्पतालका मेडिकल अधिकृत डा. भास्कर हुमागाईले बालिकामाथि बलात्कार भएको संक्षिप्त प्रतिकृया दिए । हत्यामा संलग्न युवकले नसालु पदार्थ गाजा सेवन गरी जघन्य अपराध गरेको स्थानीयले बताएका छन ।वर्षाको शव भेटिएपछि आमा बविताको आँखाबाट आँसु थामिएको छैन ।
Loading...