Latest News

भूमध्य सागरमा डुंगा पल्टिँदा, पाँच सयजनाको मृत्यु !!!



भूमध्य सागरमा डुंगा पल्टिँदा पाँच सय आप्रवासीको मृत्यु भएको छ। डुंगामा सवार ४१ जना भने पौडिएर ज्यान जोगाउन सफल भएका छन्।

आप्रवासीलार्इ एउटा डुंगाबाट अर्कोमा सार्ने क्रममा डुंगा पल्दिँदा ५ सय जनाको मृत्यु भएको पौडिएर बाँच्न सफल आप्रवासीहरुले बताएको बीबीसीले जनाएको छ। लिबियाको तटीइ शहर टोबरुकबाट इटाली जान चढेको डुंगा भूमध्यसागरमा डुबेको हो।

बाँच्न सफल भएका आप्रवासीलाई अहिले ग्रिसको दक्षिणी शहर कालामाटामा राखिएको छ। बाँच्न सफल भएका आप्रवासीले डुंगा डुब्दा पाँच सय जनाको ज्यान गएको बताएपनि त्यसको आधिकारिकरुपमा पुष्टी हुन भने बाँकी नै छ।

तर इजिप्टको कायरोमा रहेको सोमालियाको दूतावासले ज्यान जानेको संख्या चार सय भन्दा धेरै हुन सक्ने जनाएको छ । यो वर्ष अहिलेसम्म एक लाख ८० हजार भन्दा धेरैले समुद्री मार्ग भएर युरोप जान खोजेको र त्यसक्रममा ८ सय जनाको ज्यान गएको राष्ट्रसंघले जनाएको छ ।युरोपीयन संघको सीमा एजेन्सी फन्टेक्सका अनुसार पटिल्लो महिनामा झन्डै १० हजार आप्रवासी इटाली जाने कोशिश गरेका थिए। यो वर्षमात्रै एक लाख ८० हजार मानिस युरोप जाने कोशिश गरिसकेका छन्।

गत वर्ष पनि आप्रवासी चढेको डुंगा लिबिया र लाम्पडुसा द्वीपको बीचमा समुद्रमा डुबेको थियो। जसमा परी लगभग ८०० जनाको मृत्यु भएको थियो।
Loading...