Latest News

पुरुष र महिलाका लागि खुसीको खबरः आयो पुरुषका लागि गर्भनिरोधक सुइ !!

vasalgel1
एजेन्सी– महिलाका लागि गर्भनिरोधकका विभिन्न साधानहरु छन् । तर पुरुषका लागि त्यस्ता साधनको विकास हुन सकेको छैन । महिलाका लागि संगीनी सुइ, कण्डम, पिल्स लगाएतका विभिन्न उपकरणको विकास भएको अवस्थामा अब पुरुषका लागि पनि गर्भनिरोधकको साधन आउने भएको छ ।



गर्भनिरोधकका रुपमा पुरुषले प्रयोग गर्ने अस्थायी साधन कण्डम मात्र बजारमा रहेका बेला यसरी आउन लागेको नयाँ साधनबाट पुरुषले निकै लाभ लिन सक्ने छन् । अझ खुसीको कुरा त के छ भने यसरी आउने नयाँ साधन सुइको रुपमा प्रयोग गर्नुपर्ने छ र यसको प्रयोग गरेको १ वर्षसम्म सहवास गर्दा कुनै गर्भ रहने छैन । अर्थात कण्डमको प्रयोगबिना नै सुइ लगाएको १ वर्षसम्म सहवास गर्दा महिलामा कुनै गर्भ रहने छैन ।

अमेरिकाको पारसेमन फाउन्डेसनका वैज्ञानिकले लामो समयको अनुसन्धानपछि त्यस्तो किसीमको प्रविधिक पत्ता लगाएका हुन् । पारमेसनका फाउन्डर तथा डाइरेक्टर इलाएन लिसनरका अनुसार सो सुइको नाम भासालजेल रहनेछ । भिसालजेलको प्रयोगले महिलाले गर्भनिरोधनका लागि प्रयोग गर्ने अन्य विभिन्न विधि तथा उपकरणको प्रयोग गर्नु पर्ने छैन । जसका कारण उनीहरुको स्वास्थ्य पनि थप मजबुत हुनेछ ।


vasalgel
खुसीको खबर त के छ भने गत वर्ष भासलजेलको प्रयोग खरायोमा गर्दा पोथी खरायोले एक वर्षसम्म गर्भ बोकेको थिएन । यस वर्ष यसलाई मानिसमा प्रयोग गरिदै छ । यदी २०१६ र २०१७ मा यस 
Loading...