Loading...
साउनसम्ममा मधेसीको चित्त बुझ्छ
यसवर्षको संवत्सर सौम्य हो । राजा शुक्र र मन्त्री बुध छन् यो वर्ष । यो संवत्सरको लग्न, राशी, नक्षेत्र हेर्दा २०७३ सालको साउन महिनापछि राजनीतिक वैमनश्यता कम भएर जाने देखिन्छ । दुर्गेश पदमा आसिन बुध ग्रहलाई विचार गर्दा र सबै फलेस पदमा मंगललाई बिचार गर्दा साउनपछि नेताहरुको बुद्धि सकारात्मक दिशामा जाने देखिन्छ ।
मधेसी दलका नेताहरु साउन यता सहमतिमा आउँदैनन् । यो ठोकुवा गरेरै भन्न सकिन्छ । जे जसरी भए पनि साउनसम्ममा राजनीतिमा आम सहमति हुने सम्भावना छ । मंगल र बृहस्पतिको प्रभावले यस्तो हुनेछ ।
भारतले अब धेरै दुःख दिँदैन
साउन महिनासम्म नेपाल राष्ट्रको हरेक क्षेत्रमा उतारचढाव हुन्छ । नेपाल र नेपालीलाई दुःख दिने बाहिरी पक्ष भनेको भारत नै हो । भारतले अब पहिले जस्तो दुःख दिने सम्भावना कम छ । यसको मतलव भारत नेपालको सहयोगी र शुभ भएर आउँने भन्ने होइन । त्यस्तो कुनै ग्रह, नक्षत्र, लग्न राशी केहीले पनि देखाउँदैन । नेपालको ग्रह शक्तिशाली भएर आउने भका कारण भारतले दिने दुःख कमजोर हुन्छ । श्रावण मासको ९ गते पछाडि नेपालको ग्रहहरु बलिया हुन्छन् । राहु केतुको प्रभाव कमजोर हुनेछ । नेपालले त्यसपछि बलियो खुट्टा टेक्नेछ । ज्योतिष विज्ञानको दृष्टिले हेर्दा ७३ साल शुभ मांगलिक र शुभ लाक्षणिक छ । तर वर्षको अन्त्यतिर नेपालका कार्यकारीहरुमा घमण्ड बढ्नेछ । जनतामा निराशा छाउनेछ ।
सरकार परिवर्तन हुँदैन
०७३ सालमा सरकार परिवर्तन हुँदैन । यसको एक मात्रै कारण भनेको केपी शर्मा ओलीको सूर्य र चन्द्रमा दुवै बलिया छन् । गुरु वृहस्पति पनि बलियो स्थानमा छन् । वृहस्पति नै बलियो स्थानमा भएका कारण ओलीलाई अन्य कुनै ग्रहको प्रभावले छुँदैन । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको पनि मंगल र वृहस्पति बलिया छन् । यहि कारण उनी यो अवधिमा सफल भइरहेका छन् । सरकार ढाल्ने कुरामा देउवाको प्रयासले केपी ओलीलाई प्रभाव नपर्ने होइन । देउवाको प्रभाव कम गर्न ओलीले १० महाविद्या ग्रह शिद्ध शक्ति पुजा गर्नुपर्छ । यो वर्ष एमाओवादी अध्यक्ष प्रचण्ड माथिल्लो ओहोदामा पुग्ने सम्भावना चाहिँ देखिएन ।
परकम्पन भदौसम्म आउँछ
७२ साल वैशाखको भूकम्पले नयाँ वर्षमा फेरि त्यस्तै प्राकृतिक प्रकोप आउने हो कि भन्ने चिन्ता छ । तर नयाँ वर्षमा त्यस्तो सम्भावना देखिएन । परकम्पन भने भदौ–असोजसम्म नै हुने देखिन्छ । बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि जस्ता प्राकृतिक प्रकोपको ठूलो सम्भावना छैन ।
Loading...
Social Buttons