Latest News

कमाउन गएका १८ नेपाली मलेसियाको जेलमा सजायँ भोगेर फर्के (नामसहित) !!!

फाइल तस्वीर
क्वालालम्पुर, २४ चैत । मलेसियास्थित नेपाली राजदूतावासले यहाका घरफिर्ती केन्द्रबाट नेपाली सुन्यमा झार्ने कार्यलाई तिब्रता दिएको छ । 

वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले मलेसियास्थित नेपाली राजदूतावासलाई २० लाख रुपैंया उपलब्ध गराएसंगै यसकार्यले तिब्रता पाएको हो । बोर्डले मलेसियामा अलपत्र परेका नेपालीको उद्धार गर्न भनि उक्त बजेट बिनियोजन गरेको थियो । 

007यस अभियानसंगै मलेसियाको वुकिट जलिल अध्यागमन बिभाग अन्तर्गतको घरफिर्ती केन्द्र तत्कालको अबस्थामा नेपाली सुन्य बन्न पुगेको छ । पछिल्लो पटक १८ जना नेपालीलाई त्यहाँबाट उद्धार गरि नेपाल फर्काएपछि उक्त केन्द्रको नेपाली संख्या सुन्यमा झरेको हो । 

अवैधानिक कामदारको आरोपमा पक्राउ परी जेल सजाय पुरा गरेका १८ जनालाई नेपाल फर्किन हवाइ टिकट उपलव्ध गराइएको नेपाली दूतावास मलेसियाले जनाएको छ । 

नेपाल फर्कनेहरुमा सर्लाहीका भीमबहादुर घलान र सिंगेलाल वाइवा, चितवनका अरविन्द्र चौधरी र सुरेश लामा, दाङका कृष्णबहादुर चन्द र गहेन्द्र हमाल, नुवाकोटका प्रेमबहादुर तामाङ, गणेशबहादुर तामाङ, उदयपुरका अमरबहादुर विक, वाग्लुङका होमबहादुर पुन, मोरङका अमरबहादुर खड्का, तेह्रथुमका चेतन लिम्वु, सिन्धुपाल्चोकका छिरिग तामाङ, सुनसरीका अनिल थेवे, दार्चुलाका राकेशबहादुर चन्द, रुपन्देहीका भीमसेन चौधरी, रोल्पाका मुमान सिंं घर्ती मगर र सिन्धुलीका पदम बहादुर मुडेल रहेका छन् । 

007मलेसियाका झन्डै एक दर्जन केन्द्रमा अझैपनि करिब ३ सय नेपाली घर फर्कने दिनको पर्खाईमा छन् । सबै केन्द्रबाट बिस्तारै नेपालीहरु घर फर्काइने राजदूतावासका प्रवक्ता एव द्धितीय सचिब उत्तम शाहीले बताए । 

गत बर्षदेखि अहिलेसम्म बिभिन्न संघ संघठनको आर्थिक सहयोगमा घरफिर्ती केन्द्रमा रहेका ४६६ नेपाली घर फर्किन सफल भएका छन् । 

भूकम्पपीडित नेपाली विद्यार्थीलाई छात्रवृत्ति 

यसैबीच भूकम्पबाट प्रभावित क्षेत्रका पाँच जना नेपाली विद्यार्थीलाई मलेसियाको सनओए यूनिभर्सिटीले पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । 

जलन यूनिभर्सिटी बन्दर सनओएमा अवस्थित उक्त विश्व विद्यालयमा भएको एक विशेष समारोहमा राजदूत डाक्टर निरन्जनमान सिंह बस्न्यातले पाँचै जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरे । 

गतबर्ष आएको विनाशकारी भूकम्प लगत्तै राजदूतकै उपस्थितिमा यस विश्वविद्यालयले छात्रवृत्ति कोष खडा गर्न यसअघि एक विशेष कार्यक्रम गरेको थियो । 
Loading...