Latest News

गुल्मीमा ५२ जनाले गरे आत्महत्या

जिल्लामा गत तीन वर्ष यता प्रतिवर्ष कम्तीमा ५० जनाले आत्महत्या गरेको विवरण जिल्ला प्रहरी कार्यालय गुल्मीमा रहेको छ । आर्थिक वर्ष २०७२–०७३ को बैशाख सम्म ५२ जानले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका मुद्दाशाखाका प्रहरी सहायक निरिक्षक सत्यनारायण यादवले जानकारी दिनुभयो । आत्महत्या गर्नेमा १७ जना महिला, ३१ जना पुरुष, १ जना बालक, विष सेवन गरि १ जना महिला र २ जना पुरुषले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०६९–०७० मा गुल्मीमा ५२ जनाले आत्महत्या गरेका थिए । २०७०–०७१ सालमा ५३ जनाले आत्महत्या गरेका थिए । २०७१–०७२ मा ५० जनाले आत्या माहत्या गरेका थिए भने यस आर्थिक वर्षमा ५२ जनाले आत्माहत्या गरेका छन् ।

आत्महत्या गर्नेहरु ८४ वर्षिया बृद्ध देखि ११ वर्षिय बालक समेत रहेका छन् । विवाहितले बढी मात्रामा आत्महत्या गर्नुको कारण वैदेशिक रोजगार पनि एक भएको पाईएको छ । बढी मात्रमा गरिबी, दिर्घ रोगी, पारिवारिक कलह, अनुचित सम्वन्ध, वसाई सराई र प्रेममा असफल आत्माहत्याको कारण देखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।

आत्महत्या न्युनिकरणका लागि अव चेतना मुलक कार्यक्रम विशेष गरी गरिबीले आक्रन्त परिवार, दिर्घ रोगी, मादक पदार्थ र अन्यलागु पदार्थको कुलतले जीवन देखि नै निराश भएकाहरुबीच जनचेतना मुलक कार्यक्रमहरु राख्नुपर्ने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक नेपालले जानकारी दिनुभयो ।
Loading...