Loading...
काठमाडौँः अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले भ्रष्टाचारको आरोपमा पक्राउ परेका साझा यातायातका अध्यक्ष एवम् पत्रकार कनकमणि दीक्षितको रिहाइको माग गरेको छ।
मंगलबार विज्ञप्ति जारी गर्दै आइएफजेले दीक्षितलाई तत्काल रिहा गर्न माग गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार समेत रहेका दीक्षितले साझा यातायातको आम्दानी पारदर्शी नबनाएको भन्दै शुक्रबार पक्राउ गरेको थियो ।
आइएफजेले पत्रकार पक्राउ पर्नु अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । उसले दीक्षितको गिरफ्तारी शंकास्पद भएको समेत उल्लेख गरेको छ ।
‘कनकमणि दीक्षितको गिरफ्तारीबाट नेपालमा अभिव्यक्ति स्वतन्त्रताको अवस्था बारे गम्भीर चिन्ता उत्पन्न भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दीक्षितको गिरफ्तारी शंकास्पद छ र न्यायिक प्रक्रियाप्रति प्रश्न उठेको छ ।’
Loading...
Social Buttons