Latest News

भारतले नेपालमाथि नाकाबन्दीभन्दा खतरनाक घेराबन्दी गर्दैछ- वामदेव गौतमको खुलासा !!!



१४ वैशाख, काठमाडौं ।
एमाले उपाध्यक्ष वामदेव गौतमले भारतले नेपालमाथि नाकाबन्दीभन्दा खतरनाक घेराबन्दी गर्ने संकेत देखिएको चर्चा गरे ।
१७औँ मनमोहन स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले सोमबार गरेको कार्यक्रममा गौतमले भने, ‘प्रधानमन्त्रीको भ्रमणमा तमाम समाधान भएको भनियो, तर इयूसँगको संयुक्त वक्तव्यबाट
नाकाबन्दीभन्दा खतरनाक घेराबन्दी गर्न सक्ने संकेत देखापर्‍यो ।’
नेपालको सार्वभौमसत्ता रक्षाका लागि नेपाल–भारत सीमा खुल्ला राख्न नहुने भन्दै उनले भारतीय नागरिकलाई राहदानीको व्यवस्था गर्नुपर्ने र सन् १९५० को सन्धि खारेज गर्नुपर्ने धारणा राखे ।
सन् १९५० को सन्धि खारेज नभएसम्म नेपालमाथि पटक–पटक नाकाबन्दी लाग्नसक्ने उनले आशंका गरे । नयाँ पत्रिका दैनिकमा खबर छ ।nepaliheadlines
Loading...