Loading...
काठमाडौँ । नयाँबर्ष २०७३ को अवसरमा पूर्वराजा ज्ञानेन्द्रले नार्गाजुन दरवारबाट आफ्ना निकटका ब्यक्ति बिषेसलाई शुभकामना संदेश पठाए, जसमा पहिलो पटक सपरिवारको रंगिन तस्विर सार्वजनीक गरियो, तस्बिरमा पारस पनि थिए जो ख्याउटे मुद्रामा एक साइडमा देखिन्थे ।
आफ्ना बाबुसंग पोखरा घुम्न जानका लागि २५ लाख रुपैयाँको माग गरेका थिए । पैसा दिन नमानेपछी पारस सानो बच्चाजस्तै जिद्धी गर्न थाले । ज्ञानेन्द्रले पोखरा सोल्टी होटलछेउ बस्ने प्रभाकर समसेरलाई भेट्नु भनि पठाएका थिए । प्रभाकरका भाई पोखरामा फिस्टेल होटलका संचालक प्रदीप राणलाई भेट्न पठाए । फिस्टेल शाहज्यादी जयन्तीको नाँउमा छ । जयन्ती प्रभाकर समसेरकी भाज्नी हुन् जो राजदरबार हत्याकाण्डमा मारिएकी थिइन ।
पारसले प्रदीपसंग पूरानै शैलिमा पैसा देउ भन्नासाथै प्रदीपले घर्रावाट खुरुक्क पैसा निकालेर दिए । प्रदीपले निन्याउरो पारामा मसंग यति नै छ, यति नै दिनु भनेको भन्न नभ्याँउदै प्रदीपमाथी मुक्का बर्षाउन थाले पारस । कहीसमयपछि स्थानीयले झगडा छुट्याएको खबर आजको जनआस्थाले छापेको छ ।
Loading...
Social Buttons