Loading...
उज्जैन १३ बैशाख – नेपाललाई हिन्दु राष्ट्र बनाउनको लागि पछिल्लो समय देश भित्र तथा बाहिरबाट बिभिन्न चलखेलहरु तिब्र रुपमा हुन थालेका छन् । नेपालमा हिन्दु राष्ट्र पुनस्थापनाका लागि भारतको उज्जैनबाट अभियान चलाइने भएको छ । यसका लागि भारत को उज्जैनमा ब्यापक तयारी भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नेपाल हिन्दु राष्ट्र पुनस् निर्माण मञ्चका अध्यक्ष विष्णुप्रसाद बराललाई उदृत गर्दै १८ मे मा महासम्मेलन हुन लागेको जनाइएको छ । पाइलट बाबाको क्याम्प नजिकै महासम्मेलनका लागि पण्डाल तयार भइरहेको समाचारमा जनाइएको छ । उक्त कार्यक्रममा सहभागिताका लागि पूर्व राजा ज्ञानेन्द्र शाह र अयोध्या आन्दोलनका प्रमुख महन्त नृत्य गोपालदाशलाई निम्ता पठाइएको समाचारमा जनाइएको छ ।
Loading...
Social Buttons