Latest News

ती गरिब बाहुनहरु दोषी हैनन्, जो सिंहदर्बारमा पुग्ने शासकहरुबाट उत्पीडित भए !!!


गरिब किन हुन्छ मान्छे ? के गरिब जन्मजात नै हुने हो ?

१] भाषिक विभेद र शिक्षा
२००७ सालमा पढ्न शुरु गर्दा मगर बस्तीमा कतिले नेपाली भाषा बोल्न जान्दथ्यो होला ? तर पढ्न त मगरले पनि नेपाली भाषा नै पढ्नु पर्यो । सबै सरकारी कामकाज नेपाली भाषामा हुन्थ्यो ।
मगर भाषा मात्र जानेकाहरु नेपाली भाषा सिकेर, जानेर कहिले जागिर खाने बने होलान् ? कहिले व्यापार व्यवसाय गर्न सक्ने भए होलान् ? कहिले राजनीति बुझ्न सक्ने भए होलान् ? कति वर्ष लाग्यो होला ? अनि त्यतिन्जेल जसको भाषा नेपाली नै हो ऊ कति अगाडि पुगिसकेको थियो होला ? जागिर खान नसक्ने, व्यवसाय गर्न नसक्ने, आधुनिक खेती गर्न नसक्ने, राजनीति नजान्ने भएपछि आर्थिक उन्नति हुँदैन अनि गरिब हुन्छ । 
मगर भाषा मात्र जानेकाहरु नेपाली भाषा सिकेर, जानेर कहिले जागिर खाने बने होलान् ?
२] सांस्कृतिक विभेद
garibi-post
गरिबीका कारण आत्महत्या : धादिङ
जब राज्यले एउटा निश्चित धर्म, संस्कृति, परम्परा र भेषभुषालाई प्रोमोट गर्न नीति लिन्छ तब अरुलाई पाखे, पछौटे भन्ने गरिन्छ । राज्यसत्ताले नै पाखे पछौटे, जंगली भनिएको धर्म, संस्कृति, परम्परा र भेषभुषा हुने सिङ्गैसिङ्गै समुदायको मनोबल गिर्छ । फलस्वरूप उनीहरु कुनै क्षेत्रमा पनि अघि आउने हिम्मत गर्दैनन् । त्यो आत्मविश्वास हुँदैन । त्यसो भएपछि उनीहरुको आर्थिक उन्नति पनि हुन सक्दैन ।
३] क्षेत्रीय विभेद
राज्य र शासकहरुले आफूलाई मन लागेका ठाउँहरुलाई बजेट दिन्छ, विकास गरिदिन्छ, अरु ठाउँलाई विकटको विकट नै छोडीदिन्छ । जहाँ कुनै सुविधा छैन, बाटो छैन, पुल छैन, सरकारी कार्यालय छैन, स्कुल छैन, त्यस्तो ठाउँका मान्छेहरुको कसरी आर्थिक विकास हुन्छ ? त्यसकारण गरिब हुन्छन् ।
बाहुनहरु गरिब हुनुको कारण हो यही क्षेत्रीय विभेद । सबै बाहुन समुदाय दोषी हैनन्, उनीहरु पनि सिंहदर्बारमा पुग्ने शासकहरुबाट कुनै न कुन हिसाबले उत्पीडित नै छन् । विभेदमा परेका छन् । गरिब भएका छन् ।
त्यसैले यो सिंहदर्बारमा पुग्नेले सबै कुरा पाउने राज्यव्यवस्था परिवर्तन गरेर शासन शक्ति र अधिकारको बाँडफाँड गरी स्थानीय प्रशासनलाई शक्तिशाली बनाउने संघीय राज्यव्यवस्था चाहिन्छ भनिएको हो ।
४] जातीय छुवाछूत
कुनै समुदायलाई सानो जात भनेर राम्रो राम्रो काम गर्न नदिने, सबैलाई यो सानो जात हो भनी दिने, छुएको नखानु भनिदिने, सबैले हेप्ने भनेपछि त्यो समुदायले कति उन्नति गर्छ होला ? गरिब भनेर कामी दमाई भनेको त हैन, कामी दमाई भनेर हेपेकोले न गरिब भएका हुन् । गरिब हुँदैमा कामी दमाई हुने हो भने त कति बाहुनहरु पनि गरिब छन्, उनीहरु त अछूत भएका छैनन् ।
बाहुनहरु गरिब हुनुको कारण हो यही क्षेत्रीय विभेद । उनीहरु पनि विभेदमा परेका छन् । गरिब भएका छन् ।
जातीय विभेद र उत्पीडनका कारण गरिबी
वर्गीय र जातीय समस्या एक अर्कामा अन्तर सम्बन्धित विषय हुन् । मुख्य त हामीले वर्गीय समस्या नै समाधान गर्ने हो तर वर्गीय असमानताको कारण जातीय विभेद र उत्पीडन हो । गरिब भएकाले कामी भनिएको हैन, कामी भनेर वर्षौंदेखि हेपिएकाले गरिब भएको हो । एवंप्रकारले जनजाति, मधेसी, खसहरु पनि आफ्नो भाषा बोल्न नदिएर लाटो बन्न बाध्य भए, आफ्नो संस्कृतिको सट्टा अर्काको संस्कृति मान्न लगाएर पाखे साबित गरिए, उनीहरुका बस्तीहरुमा कुनै बजेट नदिएर विकट ठाउँमा बस्ने बासिन्दा साबित गरिदिए । नीति निर्णय गर्ने ठाउँमा पुग्न नदिएर जहिले पनि ‘उनीहरु हाकिम, हामी रैती’ भन्ने मनोविज्ञान विकास गरेर हाम्रो समग्र समुदायलाई नै पछि पारियो ।
अर्काको भाषा पढ्न पर्दा निश्चित रुपमा शिक्षाको विकास भएन र जागिर, खान, ब्यापार व्यवसाय गर्न, राजनीति गर्न पनि जानेनन् । किनकि भाषा नै नबुझेपछि त्यो सम्भव भएन । उनीहरुले शिक्षाको अभावमा आधुनिक खेती पनि गर्न जानेनन् ।
परिणाम के त ? आर्थिक उन्नति भएन, गरिब भए । जातीय विभेदले वर्गीय असमानता ल्यायो । यसकारण जातीय विभेद (जातीयभित्र भाषिक, धार्मिक, सांस्कृतिक विभेद आदि सबै पर्दछ) पहिले हटाएपछि मात्र वर्गीय विभेद र असमानता हटाउन सम्भव छ । नत्र राज्यको नीतिले चै गरिब बनाएको बनाएकै, अनि उता गरिबी हटाउने भन्ने नारा भ्रममात्रै हो ।
Loading...