Loading...
भूकम्पले म्यानमार र भारतमा ठूलो क्षति पुगाएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ । क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
साँझ ७ बजेर ४० मिनेटमा म्यानमार र भारतको सीमा नजिकै केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पको धक्का नेपालमा पनि महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
उनका अनुसार पूर्वी नेपालमा निकै कडा महसुस गरिएको भूकम्पको धक्का काठमाडौ उपत्यकामा पनि धक्का महसुस भएको छ ।
भूकम्पको धक्का बंगलादेश र भुटानमा पनि महसुस भएको समाचार एजेन्सीले जनाएका छन् ।
Loading...
Social Buttons