Latest News

कतारमै झुन्डिएर मर्छु भन्ने सोचेको थिएँ, घरबाट बुढियाले फोनमा रुँदै कुरा गरेपछि त्यसको मायाले मर्न सकिनँ


जनकराज सापकोटा, काठमाडौं जनकपुरमा जाँच्दा पास भएको मेडिकल यहाँको डाक्टरले कसरी फेल गरायो ? रामभरोसले रातभर सोचे ? दिनभर सोचे । फेरि रातभर सोचे ? कुनै उत्तर फेला परेन । फेल भएपछि घर फर्किनुपर्ने भयो । सयकडा तीन ब्याजमा लिएको ऋण कसरी तिर्ने ? अर्को छटपटी सुरु भयो । स–साना छोराछोरीको अनुहार आँखामा आउन थाले । मेडिकल फेल भएका अरु तीन कामदारको बेचैनी पनि उस्तै थियो । एकजना पन्जाबीले आत्महत्या नै गर्‍यो । वैशाख ४, २०७३-'हम गौशाला उतरलिए ? अहाँ कत छी ?' बिहानको साढे पाँच बजे मोबाइलमा यसरी बोल्ने रामभरोस थिए । म जेनतेन मात्रै मैथली बुझ्छु । रामभरोषलाई मैले कतै देखें, भेटें, चिनेको थिइनँ । तपाईंले गलत नम्बरमा फोन गर्नुभयो भन्दै मैले फोन काटिदिएँ । तर उनले फेरि फोन गरे । मैले फोन उठाएँ र उनका बारे सोधें । उनले मलाई चिनेका थिएनन् । 

तर भने, 'जलेश्वरको एलडीओले तपाईंको नम्बर दिएको हो ।' कुनै एलडीओसँग मेरो प्रत्यक्ष चिनजान र सम्र्पक थिएन । जसले मेरो नम्बर दिएर कसैलाई काठमाडौं पठाएका हुन् । यदि त्यसरी पठाएका भए मलाई खबर गर्दा हुन् ? यस्तो सोचेर मैले फेरि फोन काटें र सुत्ने प्रयास गरें । एकैछिनमा मोबाइलमा म्यासेज आयो । बिहानको निद्रा बिग्रिएकोमा झर्को मान्दै मैले म्यासेज हेरें । लेखिएको थियो, 'एकजना दु:खी मान्छे पठाएको छु । तिम्ले सकेको सहयोग गर्नु है।' यो म्यासेज पाएपछि मैले अघि फोन आएको नम्बरमा फोन गरें र भनें, 'कुर्दै गर्नुस् म आइहालें ।' म गौशाला पुग्दा फोन गर्ने मान्छे हत्केलामा चिउँडो अड्याएर सडक किनारमा टुक्रुक्क बसेका थिए । जलेश्वरबाट नाइटबसमा आएका हुनाले होला तिनको अनुहार थकित र क्लान्त देखिन्थ्यो । 

मोटरसाइकलमा राखेर नजिकैको चिया पसल पुर्‍याएँ । हातमा तातो चिया थमाएर सोधें, 'किन काठमाडौं आउनुभएको ? के समस्या पर्‍यो ?' उनी रहेछन्– महोत्तरी कलुवगियाका रामभरोस खत्वे, ३४ । नाममा उनको भरोस छ तर दुनियाँमा कसैबाट भरोसा नपाएका । १५ वर्षदेखि सदरमुकाम जलेश्वरमा रिक्सा चलाउँदै आएका खत्वेको दु:खको कथा चार महिनाअघिबाट सुरु भएको रहेछ । सयकडा तीन रुपैयाँको ब्याजमा लिएको एक लाख १० हजार ऋण खोजेर रतौलीका एजेन्ट (रामभरोसकै शब्दमा अर्जेन्ट) भरत शाहको हातमा बुझाएपछि उनको वैदेशिक रोजगारीको यात्रा सुरु भएको रहेछ । जनकपुरकै मेडिकलमा स्वास्थ्य जाँच गराएर एजेन्टले खत्वेलाई काठमाडौं बत्तिसपुतलीको सान नेपाल मेनपावर कन्सलटेन्सीमा पठाइदिएछ । 

मेनपावरले आवश्यक कागजात र भिसा लगाइदिएपछि खत्वे कतार पुगे । जुन बेला उनी एक लाख १० हजार तिरेर कतार उडे, त्यो बेला वैदेशिक रोजगारीमा जानेसँग १० हजारभन्दा बढी असुल्न नपाइने भनेर श्रम तथा रोजगार मन्त्रालयले निर्णय गरेको महिनौं भइसकेको थियो । यसमा उनको खासै गुनासो थिएन । तर, जब मिस्त्री काम गर्ने भनेर गएका उनलाई चर्को गर्मीमा सिमेन्ट र बालुवा बोक्ने काममा लगाइयो अनि उनलाई आफू ठगिएजस्तो लाग्यो । ११ सय दिराम भनिएको तलब ९ सय मात्रै रहेछ । काम थालेको दुई महिनापछि एक दिन कम्पनीको सुपरभाइजर आएर भन्यो, 'भोलिबाट काममा नआउनू, तिम्रो मेडिकल फेल भयो ।' जनकपुरमा जाँच्दा पास भएको मेडिकल यहाँको डाक्टरले कसरी फेल गरायो ? रामभरोसले रातभर सोचे ? दिनभर सोचे । फेरि रातभर सोचे ? कुनै उत्तर फेला परेन । फेल भएपछि घर फर्किनुपर्ने भयो । सयकडा तीन ब्याजमा लिएको ऋण कसरी तिर्ने ? अर्को छटपटी सुरु भयो । स–साना छोराछोरीको अनुहार आँखामा आउन थाले । मेडिकल फेल भएका अरू तीन कामदारको बेचैनी पनि उस्तै थियो । 
एकजना पन्जाबीले आत्महत्या नै गर्‍यो । 'झुन्डिएर मर्छु भन्ने सोचेको थिएँ, घरबाट बुढियाले फोनमा रुँदै कुरा गरेपछि त्यसको मायाले मर्न सकिनँ,' रामभरोसले सुनाए । केही दिनपछि हातमा सय दिराम थमाएर कम्पनीले उनलाई नेपाल फर्काइदियो । काठमाडौं ओर्लेर राभरोस सरासर घर पुगे । सबैसँग आफ्नो दु:ख बेसाए । ऋण र घुमिरहेको ब्याजको मिटरले उनको बेचैनीलाई झनै अग्लो बनाइदियो । रिपोर्टिङका लागि घुम्दै रामको गाउँ पुगेका पत्रकार एकल सिलवालले उनको रुँदारुँदै थाकेको अनुहार देखे । परिवारका सदस्यको छटपटी देखे र उनलाई काठमाडौं पठाइदिए । मलाई एसएमएस पनि उनैले गरेका थिए । कतारबाट फर्केको पाँचौं दिनमा रामरोस मेरा अघिल्तिर थिए । पासपोर्ट र कतार जाँदाआउँदाको हवाई टिकट प्रमाणस्वरूप देखाए । उनको कथा सुनेपछि मैले सोधें, 'कतारको गर्मी कस्तो रै'छ दाइ ?' उनले सुनाए, 'अरे दाइ, घाम छ नि, त्यो नेपालको जस्तो माथि आकाशमा नबस्ने, टाउकोमै छुन आइहाल्ने ।' तर, रामभरोस घामभन्दा पनि ऋणको तापले डढेका थिए। उनी राम्ररी नेपाली बोल्न सक्थेनन् । 

न उनी लेख्न र पढ्न सक्थे । उमेरले जेठा भए पनि उनी प्रत्येक शब्दमा मलाई दाइ भन्थे । काठमाडौंका अड्डा अदालतबारे पनि उनलाई खासै ज्ञान थिएन । अधिवक्ता कृष्ण न्यौपानेसँग मेरो पुरानो चिनजान थियो । उनी वैदेशिक रोजगारीका पीडितहरूको निम्ति नि:शुल्क कानुनी लडाइँ लड्ने गैरसरकारी संस्था पिपुल्स फोरममा काम गर्थे । रामभरोसलाई बोकेर बुद्धनगरस्थित कार्यालय पुगे । सबै व्यथा सुनाएर भनें, 'अब कसरी न्याय पाइएला ?' मेडिकल फेल भनेर फिर्ता पठाए पनि रामभरोससँग मेडिकल फेलको कुनै आधिकारिक कागजपत्र थिएन । भएको भए पनि पूरै प्रक्रिया पूरा गरेर न्याय पाउन उस्तै परे महिना दिन काठमाडौं बस्नुपर्ने हुन सक्थ्यो । त्यतिका लामो प्रक्रियापछि रामभरोसकै पक्षमा निर्णय भयो भने पनि मेनपावर व्यवसायीले तिर्ने रकम भने जाँदाआउँदा लागेको टिकट शुल्क मात्रै हुन्थ्यो । 

सबै प्रक्रिया सुनाएर न्यौपाने भने, 'मेडिकल फेलका धेरैले कि त न्याय पाउँदैनन्, पाए पनि महिनौंपछि पाउँछन् । जतिबेला दौडधुपमा पीडितको हजारौं रुपैयाँ खर्च भइसक्छ ।' उनीसँग पैसा बुझाएको कुनै प्रमाण थिएन । वैदेशिक रोजगार विभागमा उनले ठगीको ऊजुरी गरे पनि न्याय पाउन त्यति सजिलो थिएन । बलिया मेनपावर व्यवसायीका अघि पीडितहरू सधैं जुम्सा र निरीह छन् । म कुनै निष्कर्षमा पुग्न सकिनँ । विदेशबाट उद्धार गरिएका अंगभंग भएका वा बेखर्ची भएका कामदारलाई राख्ने सेल्टर चलाएर बसेको प्रवासी नेपाली समन्वय समितिका सोम लामिछानेलाई फोन गरें । उनले सेल्टरमा रामभरोसलाई खानेबस्ने सुविधा दिलाइदिए । ठेगाना लेखिदिएको भरमा रामभरोस बाटो पहिल्याउन सक्दैनन् । झम्कै साँझमा उनलाई सेल्टर पुर्‍याएर फर्किएँ । 

दोस्रो दिन बिहानै सेल्टर पुगें र रामभरोसलाई मोटरसाइकलमा राखेर महानगरीय प्रहरी अपराध महाशाखा टेकु हान्निएँ । खत्वेको सबै कहानी सुनेपछि महाशाखा प्रमुख सर्वेन्द्र खनालले सुझाए– म लेखन्दास बोलाइदिन्छु तुरुन्तै ठगीको मुद्दा दर्ता गर्नुस् । मैले भनें, 'रामभरोस दाइलाई नेपाली भाषा आउँदैन । लेखन्दास मैथिली भाषा बुझ्दैनन् ।' खनालले तुरुन्तै सप्तरी घर भएका प्रहरी जवानलाई बोलाएर आदेश दिए, 'लेखनदास बोलाउनू, पीडितको बयान तिमीले अनुवाद गरिदिनू ।' रामभरोस खत्वेलाई त्यहीं छाडेर म रिपोर्टिङमा हिँडें । साँझ थाहा पाएँ, खनालले मेनपावर व्यवसायीलाई बोलाइवरी पाँच दिनभित्रमा महोत्तरीबाट एजेन्ट झिकाउने सहमति गराएछन् । मेनपावरका सञ्चालकलाई खत्वेलाई खानेबस्ने व्यवस्था मिलाउन अह्राएछन् । साँझमा खत्वेले फोन गरे र भने, 'म गौशालाको लजमा आएँ । मेनपावरको मान्छेले खानबस्न पाँच सय दियो ।' तेस्रो दिन बिहान रामभरोससँग भेट भएको थियो । राति आठ बजेतिर उनको मिसकल आयो । 

मैले तुरुन्तै फोन गरेर सोधें, दाइ के भयो ? उनले जे उत्तर दिए त्यो बुझिने खालको थिएन । खाना खान हिँडेका बेला बाटो बिराएको वा कतै हराएको, आफू बस्ने लजको नाम थाहा नभएको यस्तै कुरा थियो । उनको अधुरो र अपुरो कुराले मलाई आपत् पार्‍यो । खोज्न जाउँ उनी ठ्याक्कै कहाँ छन् थाहा छैन । नजाऊ उनी आपत्मा छन् जस्तो लागिरहेछ । रातिको नौ बजेसम्म मैले बारम्बार फोन गरें तर उनले उठाएनन् । चौथो दिन बिहान उठ्नेबित्तिकै गौशाला पुगें । उनका कुरा सुनेर म खङरङ भएँ । खाना खान लागेको बेला एकजना हेलमेट लगाएको अपरिचितले पाखुरमा समातेर खत्वेलाई मोटरसाइकलमा राखेछ र सिनामंगलको अँध्यारो गल्लीतिर कुदाएछ । मैले बारम्बार फोन गर्दा पनि त्यही अज्ञ�
Loading...