Loading...
काठमाण्डु, १४ चैत– जर्मनीका सांसदले विनाशकारी भूकम्प गएको एक वर्ष बितिसक्दा पनि पीडितलाई आवासको उचित प्रबन्ध मिलाउन नसकेको भन्दै नेपालको राजनीतिक नेतृत्वमाथि प्रश्न उठाएका छन् । नेपाल भ्रमणमा रहेका जर्मनीका सांसदहरुले भूकम्पीडितका लागि उपलब्ध गराईएको विदेशी सहयोगको सदुपयोग हुन नसकेको भन्दै तिक्तता व्यक्ति गरे ।'भूकम्पपछिको अवस्थामा पुनर्निर्माण र पीडितहरुलाई घर उपलब्ध गराउने सवालमा अत्यन्तै थोरै काम भएको रहेछ । भूकम्पपीडितले अहिलेसम्म बस्ने घर पाएका रहेनछन् । यहाँको राजनीतिक नेतृत्व के गरिहरेको छ ? " जर्मन संसद 'बुन्डेस्ट्यागयाग'अन्तर्गतको आर्थिक सहायता तथा विकास समितिकी सभापति डग्मर ओर्लले शनिबार पत्रकारसँगको अन्तरक्रियामा भनिन् । अन्नपूर्ण पोस्टबाट
Loading...
Social Buttons