Latest News

के हो यौन रोग ?? यौन रोग लाग्नुको ४ प्रमुख कारण तथा बच्ने उपायहरु !!!

मानिसको बद्लिदो जीवनशैलीका कारण यौन रोग पनि बढ्दै गएको छ । यौन रोग बढ्नुको मुख्य ४ कारण निम्न छन् । 

१)अहिले सामाजिक मुल्य र मान्यतामा परिवर्तन आएसंगै युवावर्ग विवाहपुर्व यौन सम्पर्क बनाउन कुरा सामान्य भइसकेको छ । यौन क्रियाकलापमा बढेको स्वतन्त्रताले यौन रोग पनि बढ्दै गएको छ । असुरक्षित यौन संबन्धले महिलामा विभिन्न प्रकारका यौन रोग जस्तो सिफलिस,गनोरिया र पुरुषमा एचआइभी एड्स जस्ता गंभिर रोग सर्ने खतरा बढेर जान्छ । यौनअंगमा संक्रमणको कारण अनेकौं रोगको खतराको साथै निसन्तानपन जस्ता समस्या पनि उत्पन्न हुन सक्छन् । 

२) मानिसहरुले आफ्नो करियरलाई धेरै महत्व दिँदा विवाह ढिलो गर्न थाल्छन् । धेरै गर्भनिरोधक चक्कीको प्रयोगले यौन स्वास्थ्यमा नकरात्मक प्रभाव पार्दै जान्छ । जसले गर्भधान गर्न पनि समस्या बढेर जान्छ । करियरलाई नै बढी प्राथमिकता दिँदा गरेको यौन क्रियाकलापले मानसिक र शारीरिक समस्या निम्ताउँछ । 

३) अस्तव्यस्त जीवनशैली, रातभर पार्टीमा धुम्रपान र रक्सीको सेवनले यौन जीवनलाई प्रभाव पार्छ । धुम्रपान गर्ने मानिसको शुक्रकिटको संख्या र त्यसको गतिशिलतामा पनि कमि आउँछ । महिलामा भने मासिक चक्रमा गडबडी आउने जस्ता समस्याले सताउँछ । 

४) मानिसहरु अहिले यति व्यस्त भएका छन् कि शारीरिक श्रमको नाममा केहि पनि गर्दैनन् । हिंड्न मन नपराउने, भ¥याङ नचढ्ने, कुनै व्यायम पनि नगर्ने गर्छन् । विहान बेलुकी पनि यसो खुल्ला हावा खान पनि बाहिर निस्कँदैनन्। शारीरिक श्रम नर्गनाले शरीरमा पाचनप्रक्रिया निस्कृय भएर जान्छ । पाचनप्रकृया निष्कृष हुँदा शरीर दुर्बल हुने वा बोसो जम्ने हुन्छ । समय भन्दा अगाडी नै कपाल सेतो हुने , झर्ने, छाला चमकविहिन हुन जान्छ र अनुहार पनि समयभन्दा अगाडी नै बुढो देखिन जान्छ । जसले मानिसमा यौन प्रति खासै रुचि नहुने वा यौन समस्या बढ्दै जान्छ। 

के हो यौन रोग ? 

- डा.सूर्य पराजुली 

परिचय: यौन रोग (एसटीआई) भन्नाले यौन प्रसारित रोगहरु (सेक्युअली ट्रान्समिटेड इन्फेक्सन) भन्ने बुझ्नुपर्दछ । 

साधारणतया यौन रोग लागेको व्यक्तिसाग यौन सम्पर्क गर्दा सर्ने रोगहरुलाई यौनरोग भनिन्छ । जस्तै: भिरंगी, धातुरोग, जननेन्द्रीय, मुसा आदि । खासै ठूलो रोग नसोचिए पनि यसको दीर्घकालीन असर खतरनाक हुन सक्दछ । यसको प्रभावबाट सन्तान उत्पादन प्रणालीलाई असर गरी बाझोपन, पुरुषमा पिसाब फेर्न गाह्रो हुने तथा अन्धोपन, मुटुको रोग, क्यान्सर र मृत्युसम्म हुन पुगेको तथ्य हामीसाग छर्लङ्ग छ । यौन रोग लागेको आमाबाट जन्मेका बच्चामा अन्धोपन आउनु, बजन कम हुनु, मरेको बच्चा जन्मनु वा जन्मजात भिरंगीको शिकार भएको पाइएको छ । 

यौनरोगका लक्षणहरु : 

–महिलामा हुने प्रमुख लक्षणहरुमा योनीबाट असाधारण सेतो दही जस्तो गन्हाउने पानी बग्नु । 

(नोट: महिलामा थोरै सेतो पानी बग्नु नर्मल हो), तल्लो पेट दुख्नु, यौन सम्पर्क गर्दा तल्लो पेट दुख्नु , महिनाबारीबाहेक योनीबाट रगत बग्नु । पुरुषमा हुने प्रमुख लक्षणहरुमा लिंगबाट बाक्लो पीप जस्तो पानी बग्नु, पिसाब गर्दा दुख्नु पोल्नु, पीप जस्तो पानी बग्नु, पिसाव गर्दा दुख्नु(पोल्नु, लिंगवरिपरि गिर्खा , पानीफोका आउनु, चिलाउनु, अण्डकोष दुख्नु) महिला/पुरुष दुवैका साझा लक्षणहरुमा यौन अंग र मुख वरिपरी घाउ, खटिरा आउनु, पिसाब फेर्दा पोल्ने वा दुख्ने हुनु, निरन्तर थकाई लाग्नु, टाउको दुख्नु, घााटी दुख्नु, ज्वरो आउनु, जीउ दुख्नु गुप्ताङ्ग वरिपरि सुनिनु । (नोट: पुरुषको लिंगको, लिंगमुण्डको चारैतिर रहेका राता साना बिमिराहरु नर्मल हुन् ।) 

यौनरोग सर्ने माध्यमहरु 

सबैजसो यौनरोग यौन सम्पर्कबाट नै सर्दछ । यदि एक व्यक्ति संक्रमित छ भने उसले आफ्नो साथीलाई वीर्य, योनीरस तथा रगतबाट सार्न सक्दछ । यसबाहेक छालासागको सिधा सम्पर्कबाट पनि सर्न सक्छ । पुरुष–पुरुष, महिला–महिला, महिला–पुरुषमा सर्दछ । 

यौनरोगबाट बच्ने उपाय र उपचार 

हामीलाई ज्ञात भएकै हो, रोग लागेर उपचार गर्नुभन्दा लाग्नै नदिन सावधानी अपनाउनु उत्तम हो । यौनसागको सम्वन्धमा त यो झनै सान्दर्भिक देखिन्छ । 

बच्ने उपायहरु 

–धेरैजनासाग असुरक्षित यौन सम्पर्क नराख्ने । 

–यौनरोग भएको अथवा माथिका लक्षणहरु देखिएकासाग यौनसम्पर्क नराख्ने । 

–आकस्मिकरुपमा अथवा राम्रोसाग नचिनेको व्यक्तिसाग यौन सम्पर्क नराख्ने । 

–यौनसम्पर्क राख्नै परे कन्डमको प्रयोग गर्ने । 

–गुप्ताङ्गमा घाउ छ, सुनिएको छ वा गााठो छ भने तुरुन्त डाक्टरलाई देखाउने । 

–यौनरोगको औषधिको पूरा मात्रा सेवन गर्ने । 

–औषधिले निको नभएमा डाक्टरलाई पुन: भेट्न जाने । 

–आफूसागै आफ्ना सम्पूर्ण यौन
Loading...