Loading...
एजेन्सी– पाकिस्तानको बलुचिस्तानमा पक्राउ परेका भारतीय जासुस कुलभूषण यादवको बयानले भारतको असली नीति सार्वजनिक भएको छ ।
पाकिस्तानको सेना र सूचना मन्त्रीले हालै कराँचीमा पत्रकार सम्मेलन गरेर भारतीय जासुसी संस्था "रअ" ले कसरी दक्षिण एसियामा अशान्त फैल्याउने मिसन सञ्चालन गरिरहेको छ भन्ने खुलासा गरे ।
उनीहरुले कुलभूषण नामक भारतीय नौसेनाका अधिकृत तथा 'रअ'का कर्मचारीको भिडियो पनि सार्वजनिक गरेका छन् । पाकिस्तान सरकारले सार्वजनिक गरेको सूचनाअनुसार ती व्यक्ति पछिल्लो समय पाकिस्तानबाट बलुचिस्तान टुक्र्याउँने मिसनमा थिए । उनी बलुचिस्तानलाई अशान्त बनाउने काममा खटिएका थिए । उनको सेवानिवृत्त सन् २०२२ मा हुनेवाला थियो । तर त्यसअघि नै पाकिस्तान सरकारले कुलभूषणलाई गिरफ्तार गर्यो ।
कुलभूषणले आफू भारतीय जासुस भएको स्वीकार गरेका छन् । उनले सन् २००३ देखि नै इरानको चाबहारबाट आफ्नो धन्दा सुरु गरेको जानकारी दिएका छन् । उनी पहिले भारतीय नौसेनामा थिए । सन् २०१३ मा उनलाई रअमा भर्ना गरिएको थियो । उनको मुख्य जिम्मेवारी नेपालको तराईलाई अशान्त पारेझै पाकिस्तानको बलुचिस्तानलाई पनि अशान्त बनाइराख्नु थियो ।
उनले पाकिस्तानी अधिकारीहरुलाई भनेका छन्, 'रअमा सामेल भएदेखि नै मैले बलुचिस्तान र कराँचीमा कारबाही चलाउँदै आएको छु । कराँचीको कानुन व्यवस्था खराब गर्न नै मलाई भारत सरकारले खटाएको हो । म रअका सहसचिव अनिलकुमार गुप्ताको मातहतमा रहेर पाकिस्तानविरुद्धको काममा सक्रिए थिएँ/छु ।'
पाकिस्तानका सैनिक प्रवक्ता आसिम बाजवाले पनि कुलभुषण बलुचिस्तान र अन्य इलाकामा अशान्ति फैल्याउने मिसनमा रहेको जानकारी दिए । उनका अनुसार कुलभूषणबाट बलुचिस्तानको नक्सा र विदेशी मुद्रा बरामद भएको छ । (तस्बिरमा भारतीय जासुस कुलभूषण)
Loading...
Social Buttons