Loading...
काठमाण्डु, १७ चैत–
नेपालमा लगानी गर्नका लागि चीनले भारतकै कारणले केही अप्ठ्यारो र असहज महसुस गरेको छ ?
नेपालमा थुप्रै भारतीय श्रमिकहरु काम गर्छन् । उनीहरुको प्रभाव पनि छ । उदाहरणका लागि चीनले एक हजार मेगावाटभन्दा ठूला जलविद्युत उद्योगमा लगानी गर्न खोज्छ, तर भारतीयकै अवरोधले गर्दा सफल हुन सक्दैन । विगतका सरकारलाई प्रभावमा पारेर भारतले नेपालका मुख्य पाँचवटा नदीलाई ओगटेको छ । यस्तो अवस्थामा नेपालमा व्यवसाय गर्न चीनले भारतसँग प्रतिस्पर्धा गर्न सक्दैन । गरिहाले पनि चीनले जित्ने सम्भावना अत्यन्त कम हुन्छ । भारतले नेपालका सबै क्षेत्रमा नियन्त्रण जमाउन खोजेको छ । कतिपय अवस्थामा सफल पनि भएको छ । यसले गर्दा चिनियाँ व्यवसायीलाई नेपालमा केही अप्ठ्यारो छ । भारतको तुलनामा चीनसँग ठूलो पुँजी छ । पूर्वाधार निर्माणमा चीनको व्यवस्थापन र सुरक्षा राम्रो छ, अत्याधुनिक प्रविधि छ । त्यसकारण नेपालको विकास चीन र भारतले समन्वय गरेर अगाडि बढ्ने हो भने नेपालका लागि त्यो सुनौलो अवसर हुनेछ ।
(कान्तिपुर दैनिकमा प्रकाशित चिनियाँ समसायमयिक अन्तर्राष्ट्रिय समम्बन्ध अध्ययन संस्था (सिआइसिआरआर) चिनियाँ थिंक ट्यांकरहरुको संस्थाका निर्देशक प्रा. हु सिसेङसँगको अन्तर्वार्ताको अंश)
Loading...
Social Buttons